गलेद मण्डलीले मनायो २५ औँ वार्षिकोत्सव, १०२ वर्षिय आमा सम्मानित

साउन २८ (२०८०) बनेपा
बनेपा नगरपालिका वडा नं.६ रातमाटेमा रहेको गलेद मण्डलीले आफ्नो स्थापनाकालको २५ औँ वार्षिकोत्सव मनाएको छ । वि.सं २०५५ सालमा पास्टर विजुली प्रधान र केहि परिवार मिलेर एउटा घरबाट सुरु भएको गलेद मण्डली स्थापना भएको २५ वर्ष पुगेको अवसरमा शनिबार कार्यक्रम गरी वार्षिकोत्सव मनाएको हो ।


मण्डली २५ वर्ष पुगेको उपलक्षमा आयोजना गरेको वार्षिकोत्सव कार्यक्रममा गलेद चर्चकी जेष्ठ नागरिक सदस्य १०२ वर्षिय दिलबेटी मानन्दर र पास्टर विजुली प्रधानलाई कदरपत्र सहित सम्मान गरिएको थियो ।


स्थापनकालदेखि अहिलेसम्म करिब १५० भन्दा बढि चर्चका सदस्यहरु रहेको गलेद चर्चमा वार्षिकोत्सवको अवसर पारी जुजुभाई मानन्दरलाई एल्डर र खड्क श्रेष्ठलाई डिकनमा अभिषेक गरिएको छ ।


मण्डलीको वार्षिकोत्सव कार्यक्रममा विशेष अतिथिको रुपमा न्यू होप काभ्रे मण्डलीका पास्टर रुबेन राणा, प्रेरितीय मण्डली भक्तपुरका पास्टर सन्तोष गुईडे, सालोम ए.जी मण्डली भैसेपाटीका पास्टर निर्मल तामाङ, सियोन रोफेका मण्डलीका पास्टर कुमार रम्तेल र पास्टर सुजन सनदास रहनुभएको थियो ।


गलेद मण्डलीका सदस्य अरुन श्रेष्ठका अनुसार पास्टर सन्तोस गुइडेले बचन बोल्नुभएको थियो भने अन्य अतिथि ज्यूहरुले मण्डली २५ औँ वर्ष पुगेकोमा बधाई तथा शुभकामना दिनुभएको थियो । गलेद मण्डलीका सदस्य अरुण श्रेष्ठले भन्नुभयो “वार्षिकोत्सवको अवसमा बालसंगतीका भाइबहिनीहरुले नृत्य प्रस्तुत गर्नुभएको थियो । प्रर्थाना सहित उत्साहपूर्ण अन्य कार्यक्रमहरु पनि भएका थिए ।” – बोलावट समाचारदाता

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button