गृहमन्त्रालयले बोलायो धार्मिक सद्भावको लागि धर्म गुरुहरुलाई छलफलमा
हरि जिज्ञसु
असोज ५ ।। देशमा धार्मिक तथा सामाजिक सद्भाव कायम राख्न सबै धार्मिक समुदायको महत्वपूर्ण भूमिका रहेकोले गृहमन्त्रालयले विभिन्न धर्मका धर्म गुरु तथा जिम्मेवारी व्यक्तिहरुलाई आज शुक्रबार छलफलमा बोलाएको छ ।
पछिल्लो अवस्थामा धार्मिक सद्भाव भट्कीने खालका गतिविधि देखा परेका कारण गृहमन्त्रालयले सबै धार्मिक समुदायका अगुवाहरुलाई सिंहदरबार काठमाण्डौँमा छलफलमा बोलाएको हो ।
सामाजिक तथा धार्मिक सद्भावको लागि विभिन्न धार्मिक समुदायका अगुवाहरु छलफलमा सहभागी भएर देशमा सद्भाव कायम राख्न संयुक्त अपिल समिते गर्नुभएको छ ।
गृहमन्त्रालयले बोलाएको छलफलमा अध्यक्ष, विश्व हिन्दु महासंघ नेपाल, अध्यक्ष, विश्व हिन्दु महासं, सभापति, विश्व हिन्दु महासंघ,अध्यक्ष, नेपाल सनातन धर्म संस्कृति संगठन, अध्यक्ष, हिन्दु जागरण नेपाल र प्रतिनिधि, विश्व हिन्दु परिषद् बाट सहभागी हुनुभएको थियो ।
त्यसैगरी बुद्ध धर्मबाट अध्यक्ष, नेपाल बौद्ध महासंघ, अध्यक्ष, नेपाल तामाङ बौद्ध गुम्बा सेवा समाज, अध्यक्ष, नेपाल परम्परागत बौद्ध धर्म संघ, उपाध्यक्ष, अखिल नेपाल भिक्षु महासंघ सहभागी रहनुभएको थियो ।
मुस्लिम धार्मिक समुदायबाट अध्यक्ष, इस्लामी संघ नेपाल, अध्यक्ष, नेपाल मुस्लिम संघ, अध्यक्ष, नेपाल मुस्लिम इत्तेहाद संगठन, सचिव, मुस्लिम मुक्ति मोर्चा,अध्यक्ष, मर्कजी जमियत अहले हदिस, अध्यक्ष, जमियत उलेमा–ए नेपाल ।
त्यसैगरी ख्रीष्टिय समुदायबाट अध्यक्ष, राष्ट्रिय क्रिश्चियन महासंघ नेपाल, अध्यक्ष, नेपाल क्रिश्चियन सोसाइटी, अध्यक्ष, नेशनल चर्च फेलोसिभ अफ नेपाल,संयोजक, राष्ट्रिय नेपाली इसाई मण्डली एकता परिषद्, नेशनल सास्टर काउन्सिल नेपाल, नेपाली इसाई नागरिक संघ, प्रमुख कार्यकारी अधिकृत, नेपाल वाइवल सोसाइटी सहभागी हुनुभएको थियो ।
छलफलमा सबै धार्मिक समुदायका जिम्मेवारी अगुवाहरुले धार्मिक सद्भाव भट्काउने कुनै पनि गतिविधि नगर्न आग्रह गर्नुभएको छ । मिलेर बसेको समाजलाई धर्मलाई राजनीतिसँग जोडेर समाजिक र धार्मिक सद्भाव खलबलाउने कुनै पनि कार्य नर्गन संयुक्त रुपमा अपिल गरिएको छ । यदि कसैले सामाजिक सद्भाव भट्काउने कार्य गरेमा त्यसलाई कानूनी रुपमा कार्बाही गर्न धार्मिक अगुवाहरुले संयुक्त रुपमा अपिल गर्नुभएको छ ।