घेराबार नहुदा असुरक्षित रेडियो नेपालको टावर
ललितपुर,
रेडियो नेपाल प्रशारण केन्द्र भैंसेपाटीको एक सय मिटिर अग्लो टावर घेराबार नभएको कारण अव्यबस्थित अवस्थामा छ । २०७२ सालको भुकम्पले पुरानो पर्खाल भत्काएपछि करिब ९० रोपनी जग्गामा रहेको रेडियो नेपालको प्रशारण स्टेशन सुरक्षाको लागि अहिले सम्ममा पनि घेराबार छैन ।
घेराबार नभएको कारण अहिले रेडियो स्टेशनको छेवैमै आएर पशुचौपाया चरिरहेका हुन्छन् । कुकुरहरु स्टेशन छेवमै पुग्छन् । कहिलेकाँहि स्थानीयले नै पशुचौपाय चराउनको लागि रेडियो स्टेशन वरपर ल्याएका हुन्छन् । तारबार नभएको कारण खाली जमिन भएको हुँदा स्थानीयले केहि ठाउँमा मकै पनि रोपेका छन् ।
२०३९ सालमा स्थापना भएको रेडियो नेपाल प्रशारण केन्द्र भैंसेपाटीको ९० रोपनी जग्गामा स्थापनाकालदेखि घेराबार लगाइएको कार्यालय प्रमुख रोशन थापा बताउनुहुन्छ । ‘ब्लक पुरानो हुँदै गएको कारण ७२ को भुकम्पले चारैतिरको पर्खाल भत्कायो । पर्खाल भत्केपछि तत्काल पुनः निमार्ण हुन सकेन,’ रोशन थापाले भन्नुभयो, ‘रेडियो नेपालको स्टेशन सुरक्षाको लागि घेराबारको लागि पुन ः निर्माण प्राधिकरण र मन्त्रालयमा पटक–पटक पत्राचार ग¥यौँ तर कतैबाट पनि पहल भएन ।’
रेडियो नेपालको स्टेशनको सुरक्षाको लागि भनेर रणचण्डी गण अन्र्तगतको नेपाली शेना बसेको छ । घेराबर नभएको कारणले गर्दा नेपाली शेनाको क्वाटर नजिकै आएर पशुचौपाया चरिरहेका हुन्छन् । कुकुर डुलिरहेका भेटिन्छन् । कार्यालय प्रमुख रोशन थापाले भन्नुभयो, ‘काँडेबार लगाउँनको लागि मोटामोटी रुपमा छलफल त भएको छ तर निर्माणको लागि बजेट अझै निकासा भएको छैन । काम कहिले सुरु हुने हो त्यो पनि थाह छैन ।’
बर्तमान अवस्थामा विज्ञापन घटिरहेको हुँदा, आन्तरिक आर्थिक स्रोतबाट घेराबार गर्न सक्ने अवस्थामा नरहेको रेडियो नेपाल प्रशारण केन्द्र, भैँसेपाटीका प्राविधिक अधिकृत टंक प्रसाद आचार्य बताउनुभयो । ‘घेराबार नभएको कारण सरकारकै जग्गा त हो भन्दै बाटो फराकिलो बनाउन भनी रेडियो नेपालको जग्गा मिचेको अवस्था छ । सरकारले रेडियो नेपालको स्टेशनको सुरक्षाको लागि छिटो घेराबारको पहल गरे जग्गा सुरक्षित हुन सक्थ्यो,’ टंक प्रसाद अचार्यले भन्नुभयो, ‘स्थानीयले पशुचौपाया चराउनको लागि ल्याउँछन् । घेराबार नभएको कारण हामीले नल्याउँनुहोस् भन्नु पनि मिलेन । अरु सुरक्षाको हिसाबले पनि स्टेशन निकै जोखिम अबस्थामा रहेको छ ।’
रेडियो नेपालको देशभरीमा २५ भन्दा बढी एफ.एम रेडियो स्टेशनहरु छन् । अरु स्टेशनहरु पनि व्यवस्थित अवस्थामा छैनन् । ललितपुरको भैँसेपाटीमा रहेको रेडियो नेपाल प्रशारण केन्द्रको कार्यालय र टावर घेराबार नभएको कारण सुरक्षित अबस्थामा छैन । ७२ को भुकम्पले भत्काएपछि पुरानो घेराबारको इट्टाहरुपनि भताभुंग अबस्थामा छन् । कति इट्टाहरु त हराइसके सके । रेडियो नेपालको स्टेशन घेराबारको प्रतिक्षामा रहेको छ ।,–––