घोराहीमा पुनरुत्थान कार्यक्रम सम्पन्न

दिपक पुन
दाङ, ८ वैशाख ः
घोराही नगर इस्टर अर्थातपुनरुत्थान ¥याली २०८२ हिजो आईतवार सम्पन्न भएको छ ।
घोराही नगर इसाइ समुदायका अध्यक्ष पा.हिरा रोकाको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न मण्डलीबाट हजारौं बिस्वासिजनहरुको र्याली सहीत बजार परिक्रम गर्दै घोराही नगर समुदायको आयोजनामा सभागृह दाङमा पुनरुत्थान कार्यक्रम सम्पन्न भएको हो ।


कार्यक्रममा शुरुको प्रार्थना बरिस्ठ पा.नर ब.शाहले गर्नुभएको थियो । क्वाएर झुण्डले राष्ट्रिय गितसंगै आराधनामा डोर्याएका थिए । पा. नरेन्द्र बरालले स्वागत मन्तव्य,बचनको प्रार्थना चन्द्र प्रकाश आचार्य, शुभकामना मन्तव्य पा. सन्त घर्ती र पा. उदय स्वर्णकारले दिनु भएको थियो ।


उक्त कार्यक्रममा येशूले भन्नूभयो पुनरुत्थान र जीवन म नै हु । मलाइ बिश्वास गर्ने मर्यो भने पनि जिवित हुनेछ । भन्ने पबित्र धर्मशास्त्र बाईबलको पद यूहन्ना ११ को २५ को बचन लेखिएको ब्यानर राखिएको थियो । कार्यक्रमका प्रमुख वक्ता दाङ जिल्ला इसाई समुदाय दाङका अध्यक्ष जीवन गुरुङले मत्तीको २७ अध्यायको को ६२देखि ६५ सम्म त्यसैगरी पुनरुत्थानमहोत्सब मनाउनुको औचित्य बताउदै लुका ४ को १८ र १९ पदको बचनद्वारा वचन बोल्नुभएको थियो ।


कार्यक्रममा अन्य अतिथीहरुमा घाुराही १४ का वडा अध्यक्ष भानसिं बुढा मगर,बंगलाचुली गाउपालीकाका पूर्व उपाध्यक्ष यमुना घर्ती मगर पा. राम ब.पुन, जंग बहादुर चौधरी,पा.सतलसिं बुढा,नयाँ युगबोधका पत्रकार गोबिन्द खडका, रेडियो मध्यपश्चिमका चन्द्र प्रकाश परियार रेडियो भरोसाका स्टेशन म्यानेजर दिपक पुन लगाएत अन्य अतिथीहरुको उपस्थिती रहको थियो ।
र्याली ब्यबस्थापन पा. निम ब. पुन पा बाईबल पुन,कबिराम चौधरी, खिम बहादुर सुनारले गर्नुभएको थियो, स्वंसेवक ब्यबस्थापन घोराही ईसाई जागृतीका अध्यक्ष आशिष बुढा मगरले गर्नु भएको थियो । घोराही ईसाइ दिदिबहीनी संगतीका अध्यक्षले खडा लगाएर अतिथीहरुलाई सम्मान गर्नुभएको थियो ।


क्वाएर संयोजक भुपाल पुनले गर्नुभएको थियो । कार्यक्रमको अन्तिम प्रार्थना पा. सतल सिं बुढा मगरले गर्नुभएको थियो । मायाको चिनो कार्यक्रमका प्रमुख बक्ता जीवन गुरुङ र घोराही नगर ईसाइ समुदायका अध्यक्ष हिरा रोकाले गर्नुभएको थियो ।
कार्यक्रम सकिए लगतै सम्पूर्ण भोलेन्टिएरहरुले कार्यक्रम स्थल सरसफाई गरेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button