घोराही नगर इसाई दिदीबहिनीको अध्यक्षमा सजना ताम्राकार

दाङ, ७ माघ ।। घोराही नगर इसाई दिदीबहिनी संगतिको अध्यक्षमा सजना ताम्राकार चयन हुनुभएको छ । आज सोमबार घोराहीमा आयोजित घोराही नगर इसाई दिदीबहिनी संगतिको साधारणसभाबाट सजना ताम्राकार अध्यक्षमा चयन हुनुभएको हो ।


दाङ जिल्ला इसाई समुदायका अध्यक्ष जीवन गुरुङको प्रमुख आथित्यता रहेको घोराही नगर इसाई दिदीबहिनी संगतिको साधारण सभामा घोराही नगरपालिकामा स्थापना भएका चर्चहरुबाट दुई सय भन्दा बढी दिदीबहिनीहरुको सहभागिता रहेको थियो ।


साधारण सभामा विशिष्ट अतिथिको रुपमा रहनुभएका प्रतापी मण्डली घोराहीका वरिष्ट पास्टर नर बहादुर शाहको प्रार्थनाबाट सुरु भएको सभाको ब्यानर प्रमुख अतिथि जीवन गुरुङले पाठ गरेर कार्यक्रमको उद्घाटन गर्नु भएको थियो । साधारण सभाको अध्यक्षता नगर दिदीबहिनीको निवर्तमाण अध्यक्ष सरस्वती श्वर्णकाराले गर्नु भएको थियो ।


कार्यक्रममा विशिष्ट अतिथिहरुमा पास्टर दाङ जिल्ला इसाई समुदायका सल्लाहकार पास्टर नरेन्द्र बराल, पास्टर उदय स्वर्णकार, घोराही इसाई समुदायका अध्यक्ष हिरा रोकाय, पास्टर रेशम शाहु रहनुभएको थियो । त्यसैगरी गुरुआमा बिन्दिया गुरुङ, शुसिला चौधरी, पास्टर राम बहादुर रहनुभएको थियो ।


नगर इसाई दिदीबहिनी संगतिको साधारण सभावमा कोषाध्यक्ष सिलु गुरुङ, निवर्तमान अध्यक्ष सरस्वती स्वर्णकारले प्रगति विवरण समेत प्रस्तुत गर्नुभएको थियो । साधारण सभामा गुरुआमा माया बरालले परमेश्वरको बचनबाट बोल्नुभएको थियो भने सचिवले सञ्चालन गर्नु भएको थियो ।

यस्तो छ, घोराही नगर इसाई दिदीबहिनी संगतिको नयाँ कार्यसमिति
सजना ताम्राकार – अध्यक्ष
मीरा रोका – उपाध्यक्ष
विमला यरी – सचिव
सुकमा बुढा – कोषाध्यक्ष
सीलु गुरुङ – सह सचिव
टीका सुनार – सह कोषाध्यक्ष

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button