घोराही नगर इसाई समुदाय दाङको साधारण सभा सम्पन्न
दिपक पुन
दाङ, १८ पुष ।। घोराही नगर इसाई समुदाय दाङको साधारण सभा घोराही उप महानगर पालिका १८ फुर्सेखाली मा आज सम्पन्न भएको छ ।
बार्षिक साधारण सभा कार्यक्रममा जिल्ला इसाई समुदाय दाङका अध्यक्ष जीवन गुरुङको प्रमुख आतिथ्यता र घोराही नगर इसाई समुदाय दाङका अध्यक्ष रेभ.पा.भुप बहादुर घर्तीको अध्यक्षतामा भएको हो ।
अनन्त झरीका पास्टर निम बहादुर पुनको स्वागत मनतब्य रहेको कार्यक्रममा दाजुभाईहरु एकतामा बस्नु कति भलो र मनोहर कुरा हुन्छ । (भजनसङ्ग्रह १३३ः१) भन्ने पबित्र धर्मशास्त्र बाईबलको शिर्षक संगै जिल्ला इसाई समुदाय दाङका अध्यक्ष जीवन गुरुङले १०ओटा पलिकाको प्रतिनिधिहरुलाई धन्यवाद दिदै सबै मिलेर अगाडि बढ्ने बिश्वास ब्यक्त गर्नुभएको थियो ।
नगर दिदीबहिनिको तर्फबाट अध्यक्ष सरस्वती स्वर्णकारले नगरको प्रतिबेदन प्रस्तुत गर्नुभयो । भने यूवा जागृती संगतीका अध्यक्ष आशिष बुढा मगरले पनि प्रतिबेदन प्रस्तुत गर्नुभयो ।
समाधिस्थलका संयोजक पा.हिरा रोकायले समाधिस्थल ताराबार लगाएको, उक्त ठाउँसम्म जानको लागि बाटो निर्माण गरीएको,उक्त ठाउँमा सूचना बोर्ड राखिएको लगाएत बताउनुभएको थियो । आर्थिक प्रतिबेदन घोराही नगर इसाई समुदाय दाङका कोषाध्यक्ष पा.गणेश चौधरिले २०७९/८० को आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । आर्थिक प्रतिबेदनमा २०७९ मा आय तर्फ ३ लाख ३८ हजार ४ सय ७३ र खर्च अन्तर्गत ३ लाख ३८ हजार ४ सय ७३ रहेको बताउनु भएको थियो ।
त्यसैगरीइ बचत तर्फ १ लाख ५५ हजार ६ सय २३ रहेको बताउनु भएको थियो । घोराही नगर इसाई समुदाय,दाङ बाट २०७९ को इस्टर सन्डेर गूड् फ्राईडे र्याली लमहीको लागि विभिन्न मण्डलीबाट १ लाख ६० हजार १ सय ३५ सहयोग उठेको र विभिन्न ब्यबसायीहरुबाट ५६ हजार ८ सय १० गरि जम्मा २ लाख १६ हजार ९ सय ४५ सहयोग उठेको समेत बताउनुभयो ।
२०८० मा आय तर्फ २ लाख ६२ हजार ५ सय २३ र खर्च तर्फ २ लाख ६२ हजार ५सय २३ रहेको र बचत रकम ५ हजार ९ सय ६४ रहेको बताउनुभयो । २०८१को आय तर्फ १लाख ७५ हजार ६ सय ६१ र खर्चतर्फ १ लाख७५ हजार ६ सय ६१ रहेको र बचत रकम १ लाख १८ हजार४सय ५१ रहेको बताउनुभयो । यसैगरी घोराही नगर इसाई समुदाय दाङले जाजरकोट र रुकुममा भुकम्प पीडितहरुलाई ६२ हजार २ सय सहयोग गरिएको पनि बताउनु भएको थियो ।
कार्यक्रममा घोराही नगर इसाई समुदाय दाङका अध्यक्ष रेभ.पा.भुप बहादुर घर्ती मगरलाई जिल्ला इसाई समुदाय दाङका अध्यक्ष जीवन गुरुङ्द्वारा सम्मानित समेत गर्नुभएको थियो । प्रेरितिय मण्डलीका पा. नरेन्द्र बरालले पबित्र धर्मशास्त्र बाईबलको वचन मत्ती ५ः३–८ १ कोरिन्थिको १३ः४ प्रेरित ११ः२४,दानिएल ३ः१६–१८ संगै वचन बोल्नु भएको थियो ।
दाङ जिल्ला इसाई समुदायका सल्लाहकार जङ्ग बहादुर चौधरीले अहिलेसम्मका पदाधिकारीहरुलाई धन्यवाद साथै नयाँ आउने पदाधिकारीहरुलाई बधाई समेत दिनुभएको थियो ।
त्यसै गरि इसाई समुदाय दाङका निवर्तमान अध्यक्ष सन्त घर्ती मगरले भुप बहादुर घर्तीको कमिटीलाई धन्यवाद समेत दिनुभएको थियो । कार्यक्रमको शुरूवात इसाई समुदाय घोराहीका दिदी बहिनी नगर अध्यक्ष सरस्वती स्वर्णकारले प्रार्थनाद्वारा गर्नुभएको थियो भने कार्यक्रम सन्चालन नगर इसाई समुदाय घोरहीका सचिब पा.खिम बहादुर बि.क ले गर्नु भएको थियो ।
नयाँ कार्यसमिति चयन
घोराही नगर इसाई समुदाय दाङको नयाँ कार्यसमिति चयन गरिएको छ । निर्वाचन अधिकृत साथै निर्वाचन समितीका संयोजक रेभ.पास्टर नरेन्द्र बराल,निर्वाचन अधिकृत पा.सन्त बहादुर घर्ती र पा. राम बहादुर पुनको निर्वाचन समितिको निर्णय अनुसार अध्यक्षमा विश्राम मण्डलीका पास्टर हिरा रोकाय,उपाध्यक्षमा अनन्तझरी मण्डलीका निम बहादुर पुन, सचिबमा रेशम शाहु, सह सचीवमा एडमिन बुढा मगर, कोषाध्यक्षमा खिम बहादुर सुनार, सहकोषाध्यक्षमा आशिष बुढा मगर चयन गरिएको छ ।
घोराही इसाई समुदाय दाङका पदाधिकारीहरुः–
पा.हिरा रोकाय (अध्यक्ष)
पा.निम ब.बुढामगर (उपाध्यक्ष)
पा.रेशम शाहु (सचीव)
पा.एड्विन बुढामगर (सह–सचिब)
पा.खिम ब.सुनार (कोषाध्यक्ष)
डि.आशिष बुढामगर (सह–कोषाध्यक्ष)
पा.राम नारायण चौधरी (सदस्य)