चर्च ब्वाइजले प्राप्त ग¥यो, गोल्डकप उपाधि

काठमाण्डौं, २ चैत्र ।। झापाको काँकडभिट्टामा जारी पाँचौ मेचीनगर गोल्डकपको उपाधि चर्च ब्वाइज क्लब काठमाडौँले प्राप्त गरेको छ ।
शनिबार सम्पन्न फाइनल खेलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई १–० कोे गोलअन्तर पराजित गर्दै चर्च ब्वाइज प्रतियोगिताको च्याम्पियन बनेको हो ।
उपाधिसँगै चर्च ब्वाइजले नगद १० लाख रुपियाँ प्राप्त गरेको छ । उपविजयी बनेको आयोजक काँकरभिट्टाले नगद ५ लाखमा चित्त बुझायो । जितका लागि खेलको ११ औँ मिनेटमा चर्च ब्वाइजका समिर तामाङले निर्णायक गोल गर्नुभयो ।
फाइनल खेलको प्लेयर अफ द म्याच चर्च ब्वाइजका समिर तामाङ हुनुभयो उहाँले नगद ११ हजार प्राप्त गर्नुभयो । प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी आयोजकका खमिरगिल्सन कन्दङ्वा घोषित हुँदै नगद ५१ हजार प्राप्त गर्नुभयो ।
सर्वाधिक गोलकर्ता चर्च ब्वाइजका अबोयोमी फकुन्ले र मच्छिन्द्रका युसुफ मलिक हुनुभयो उहाँहरुले जनही नगद २५ हजार प्राप्त गर्नुभयो । उत्कृष्ट प्रशिक्षक चर्च ब्वाइजका सुमन श्रेष्ठ, गोलरक्षक टिकेन्द्र थापा हुनुभयो ।
यसैगरी, उत्कृष्ट डिफेन्स आयोजकका दिवस उराउ हुनुभयो उहाँहरु सबैले जनही २१ हजार रुपियाँ प्राप्त गर्नुभयो । यसैगरी उदीयमान खेलाडीको अवार्ड आयोजकका पर्शु राई हुनुभयो उहाँले नगद १५ हजार प्राप्त गर्नुभयो ।
प्रतियोगितामा विजयी तथा उपविजयी टिमलाई प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कार्की, प्रदेश सांसद गोपाल तामाङ, आयोजक समितिका संयोजक श्रीप्रसाद मैनाली लगायतले नगद तथा ट्रफी प्रदान गर्नुभयो।