चर्च भवन निर्माणको लागि जग्गा दान

रुकुम पश्चिम, १७ पुष ।। आठविसकोट नगरपालिका–१ चैतेखारामा चर्च भवन निर्माणको लागि स्थानीय भक्त बहादुर बुढाले जग्गा दान गर्नुभएको छ ।


स्थानीय भक्त बहादुर बुढाले चर्च भवन निर्माणको लागि १३० बर्ग मिटर जग्गा चर्चको नाममा दर्ता गरिदिनुभएको छ । बि.स २०७१ मा स्थापना भएको मण्डली हालसम्म घरमा संगति गर्ने गरिएको थियो ।


स्थानीय भक्त बहादुर बुढाले भवन निर्माणको लागि जग्गा हस्तान्तरण गरेपछि आठविसकोट नगरपालिकाले भवन निर्माणको लागि पाँच लाख बराबरको रकम भवन निर्माणको लागि उपभोक्ता समिति मार्फत सहयोग गर्ने भएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button