जब न्यायलयले भेदभाव गर्छ, देशमा सुशानको परिकल्पना कसरी गर्नु ?

हरि जिज्ञासु
कतै कसैले भनेको सुनेको थिएँ “हाम्रो देश केहि मुठिभरीका मानिसहरुको लागि स्वर्ग छ ।” राजनीति र न्यायलाई अंगालो हालेका व्यक्तिहरुको लागि यो देश स्वर्ग नै छ । व्यक्तिगत स्वार्थको लागि सर्बसाधारणलाई चरम दुःख दिने राजनीति र न्यायलयको कुरा गरेर साध्य नै छैन ।


पोखरा प्रशस्थ कटनी मण्डलीका पास्टर केशवराज आचार्यलाई प्रभु येशूले कोरोना रोगलाई समेत निको पार्नुुहुन्छ भन्ने अभिव्यक्तिलाई लिएर कास्की प्रहरीले २०७६ चैत्र १० गते पास्टर केशव आचार्यलाई पक्राउ ग¥यो । विश्वनै त्रसित रहेको बेलामा आत्मबलयुक्त अभिव्यक्ति दिने पास्टरलाई अहिले सम्म पनि नेपालको कानून र न्यायलयले दुःख दिइरहेको छ ।


पास्टर केशव आचार्य लाई अफबाह फैलाएको भन्दै जिल्ला अदालत कास्कीले ५ लाख धरौँटी तिरायो । धर्म प्रचारको आरोप लगाइर डोल्पा जिल्ला अदालतले ३ लाख धरौटी तिरायो । अन्तमा दुई वर्ष कैद र २० हजार जरिबाना समेतको फैसला डोल्पा जिल्ला अदालतले सुनायोे । एउटा धर्मगुरुमाथि यति ठूलो अन्याय न्यायलय र कानूनले गर्छ भने देश कसरी उभोँ लाग्छ ?


पास्टर केशबराज आचार्यको पक्षमा उच्च अदालत जुम्लामा रिट दर्ता भयो । उच्च अदालत जुम्लाले एक वर्ष कैदको फैसाल सुनाएपछि पास्टर केशव आचार्य न्यायको लागि सर्बोच्च अदालत पुग्नुभयो तर आफ्नो पक्षमा न्याय पाउनुभएन । २०८० असोज १९ गते शुक्रबार सर्बोच्चले उच्च अदालत जुम्लाकै निर्णयलाई सदर गरिदिएको छ । अब पास्टर केशवराज आचार्य कानूनको नजरमा दोषि ठहर भएपछि उहाँले एक वर्ष सजाय भोग्नुपर्छ । एउटा निर्दोश धर्म गुरुलाई यसरी मानसिक रुपमा यातना दिनु भनेको चरम भेद्भाव हो । यहाँ बहुसंख्यकको अगाडि कल्पसंख्यक टुलुटुलु हेर्नु बोहेक अर्को विकल्प छैन । यहाँ मानव अधिकार समेत टुलुटुलु हेर्छ ।


केहि दिन अगाडि हिन्दु धर्म गुरु श्रीनिवासले खुकुरी देखाएर मान्छे काट्ने अभिव्यक्ति देखाएका थिए । उनलाई प्रहरीले पक्रियो तर ५०० रुपैँयामा छोडिदियो । यहाँ ज्यान मार्नेहरुको उच्चस्तरीय नेताहरुको मिलेमतोमा कैद मिनाह गरिन्छ । नेताहरुकै मिलेमतोमा पुँजिपतिहरुलाई बचाएर सर्बसाधारणलाई हत्कटी लगाएर जेल कोचिन्छ । अनी हामीले हाम्रो देश बन्दैछ भनेर कल्पना गर्नु ? न्यायलयले अपराधिक क्रियाकलपा गर्नेको कैद मिनाह गरिदियो । हतियार देखएर हिंसा सिर्जना गर्नेलाई ५०० रुपैँयामा छोडिदियो । अनी येशूले कोरोनाबाट निको पार्नुहुन्छ भनेर आत्मबल दिने पास्टर केशवराज आचार्यलाई ७ लाख धरौटी तिराएर १ वर्ष कैद फैसला सुनाउनु भनेको भेद्भाव नभएर के हो त ? त्यसकारण जब न्यायालयले नै भेद्भाव गर्छ तब देशमा सुशानको कल्पना गर्नू बेकार छ ।


चरम भेद्भाव र छुवाछुतले बलियो जरा गाडेको कारणले नेपालमा कानून र राजनीतिमा भेद्भाव हुनु कुनै नौलो कुरा होइन् । बलियोले कम्जोरलाई दुःख दिने प्रबृद्धि नेपालमा झन् बढ्दै गएको छ । पुँजिपति बर्गले सर्बसाधारणप्रति गरेको दुरव्यवहारलाई सर्बसाधारणले टुलुटुलु हेर्नु बाहेक अर्को विकल्प छैन ।


नेपाली जनताहरु कति निराश छन् भन्ने कुरा हालसम्म पनि उच्चस्तरीय राजनीतिज्ञ र न्यायलयका जिम्मेवारी निकायलाई अत्तोपत्तो छैन । हुन त आफूलाई सबथोक पुगेपछि अरुको चिन्ता गर्नुपर्छ भन्ने शिक्षा पनि नेपालमा कहाँ छर ? धनीहरुलाई गरिबहरुको वास्था छैन । अझ पुँजिपतिहरुले सर्बसाधारणको मानसिकतालाई चुसिरहेको अबस्था नेपालमा छ ।


नेपालमा भएका विभिन्न भेद्भाव मध्येमा एउटा भेद्भाव हो धार्मिक भेद्भाव । बलियोले कम्जोरलाई दुःख दिने प्रबृद्धिको विकास हुनेक्रममा यहाँ अल्पसंख्यक धार्मिक समुदायलाई दुःख दिईरहेको अवस्था छ । ख्रीष्टियन शब्द सुन्ने वित्तिकै यो आयातित धर्म हो र यसको कुरा सुन्नु हुन्न भन्ने मनिस्थिति राज्यका जिम्मेवारी निकायको छ । यसैलाई नै भन्छ भेद्भाव । धर्म आयातिति र निर्यातित हुँदै होइन यो त व्यक्तिले अपनाउने कुरा हो । जब राज्य र राज्यका जिम्मेवारी निकायले जात र धर्मलाई भेद्भावको दृष्टिकोणले हेर्छ तब देश कहिल्यै उँभो लाग्दैन ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button