जापानमा चेपालपन सम्बन्धि एक दिने जागृति सम्मेलन

जापान, २१ वैशाख ः जापानको नोगाया चर्चमा एक दिने जागृति सम्मेलन सम्पन्न भएको छ ।


मण्डलीका सदस्यहरु आत्मिक रुपमा थप बलियो रहनको लागि आइतबार जापानको नागोया चर्चमा चेलापन सम्बन्धि जागृति सम्मेलनको आयोजना गरिएको हो ।


करिब ६५ जना सहभागी रहेको जागृति सम्मेलनमा वक्ताको रुपमा उत्साह नेपाली चर्चका पास्टर चन्द्र किरण खपाङ्गी रहनुभएको थियो ।


पास्टर चन्द्रकुमार खपाङ्गीले एक दिने चेपालन सम्बन्धि जागृति सम्मेलनमा पवित्र धर्मशास्त्र बाइबलको यूहन्ना ८ ः ३१–३२ पदलाई उदृत गर्दै उत्साह दिनुभएको थियो ।
“तिमीहरु मेरो वचनमा रह्यौ भने तिमीहरु साँच्चै मेरो चेला हौ । तब तिमीहरुले सत्य के हो सो जान्नेछौ, र सत्यले तिमीहरुलाई स्वतन्त्र तुल्याउनेछ ।”

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button