जापानमा नेपाली ख्रीष्टियन युथ कमिटीद्वार फुटसल प्रतियोगिता

जेम्स राना
जापान, २३ मंसिर ।। नेपाली ख्रीष्टियन एकता समाज जापानको युथु कमिटीद्वार आयोजित मैत्रिपूर्ण फुटसल प्रतियोगिता सम्पन्न भएको छ ।


ख्रीष्टमसलाई लक्षित गरी डिसेम्बर ८ अर्थात आज आइतबार कान्तो क्षेत्रका नेपाली भाषी मण्डलीहरुको सहभागीतामा मैत्रिपूर्ण फुसल प्रतियोगिता भएको हो ।


फुटसल प्रतियोगितामा हिकारी नेपाली चर्च, तोचिगी गम्ममा नेपाली चर्च, चिवा नेपाली चर्च, टोकियो नेपाली चर्च र उत्साह नेपाली चर्चबाट युवाहरुले भाग लिनुभएको थियो ।


नेपालबाट अध्ययन तथा रोजगारीको लागि जापानमा रहेर विभिन्न नेपाली चर्चमा सेवा पु¥याइरहेका युवाहरु बीच प्रेम र ख्रीष्टमस शुभकामना आदनप्रदान गर्ने उद्देश्यका साथ आयोजित फुटसल प्रतियोगितामा बिजेताको रुपमा चिवा नेपाली चर्च र उप विजेतामा उत्साह नेपाली चर्च रहेको छ ।


अध्ययन र रोजगारीको लागि जापानमा रहेका नेपाली इसाई युवाहरुलाई ख्रीष्टमसको अवसरमा आयोजना गर्ने यस्ता कार्यक्रमहरुले एकले अर्काको निम्ति प्रार्थना र प्रेम बाँढ्ने अवसर मिल्ने नेपाली ख्रीष्टियन एकता समाज जापानका युथ कमिटीका अध्यक्ष बिशेष दर्लामी मगर ले बताउनुभयो ।


अध्यक्ष दलार्मीले भन्नुभयो, “जापानमा स्थापना भएका नेपाली भाषी मण्डलीहरुका नेपाली युवाहरुलाई आत्मिकरुपमा अघि बढ्न र परमेश्वरको महिमाको काम गर्नको लागि नेपाली ख्रीष्टियन एकता समाज जापानको युथ कमिटीको भावी योजना रहेको छ । हामीले प्रतिकुल समयको बाबजुत पनि परदेशमा रहेर परमेश्वरको महिमाको काम गरिरहेका छौँ ।”

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button