झापा इसाई समाजको अध्यक्षमा पास्टर इसहक सेन्चुरी
तरुण राई
झापा–२२ पौस ।। झापा जिल्ला इसाई समाजले दमक –५ मा अवस्थित ज्योति मण्डलीमा झापा जिल्ला इसाई समाजको प्रतिनिधि भेला कार्यक्रम २०८१ सम्पन्न भएको छ ।
सो प्रतिनिधि भेला ज्योति मण्डली दमकका रेभ. एन. डी. थुलुङ्गको अध्यक्षतामा र प्रदेश इसाई समाजका उपध्यक्ष पा. आकाश थुलुङको प्रमुख अथितिमा सम्पन्न भएको हो ।
झापा जिल्ला इसाई समाजका पूर्व अध्यक्ष एल्डर रमेश गुरुङ्गद्धारा परमेश्वरलाई धन्यबाद दिँदै शुरुको प्रार्थना सहित शुरुको गरिएको सो प्रतिनिधि भेलामाका संचालन निर्वाचन समिति २०८१का सदस्य पा. जगन नाथ पौडेलले गर्नुभयो । रेभ. पा. दनियल सुब्बाद्धारा पबित्र धर्मशास्त्र बाईबलको फिलिपी २ ः १–३ बाट समाज र यसको महत्वबारे शिक्षा दिनुभयो ।
दोस्रो सत्रको बन्द सत्रमा प्रतिनिधि भेलामा उपध्यक्षमा पा. लाल बहादुर दाहाल, सचिवमा एल्डर तारा प्रसाद दाहाल, स–सचिवमा धन कुमार बेघा, सदस्यहरुमा सिता पोख्रेल, पदम पुलामी, काजिमान पन्धक, गंगा प्रसाद आङ्बो, दिपा राई र इसहक गजमेर निर्विरोध निर्वाचित हुनुभएको छ ।
अध्यक्ष र कोषध्यक्ष पदका निम्ती सहमति हुन नसकेकोले बहुमतीय निर्वाचन पद्धतिमा प्रवेश गरियो । कुल १७ मत खसेको मध्य अध्यक्ष पदको निम्ती पा. अमर कान्दवाले ७ मत प्राप्त गर्नुभएको र पा. इसहक सेन्चुरीले ८ मत लिएर निर्वासित हुनुभएको हो ।
त्यसैगरी कोषाध्यक्ष पदमा रञ्जना श्रेष्ठ तामाङ्गले १२ मतका साथ विजयी हुनुभएको र उहाँको निकटतम प्रतिद्वन्द्वी पा. प्रेम उपरकोटी ५ मत प्राप्त गर्नु भएको निर्वाचित समितिका २०८१ का संयोजक पा. राजकुमार नाछिरिङ राईले घोषणा गर्नुभयो ।
झापा जिल्लाका १६ वटा इसाई समाजबाट सहभागी भएका सो प्रतिनिधि भेला दमक इसाई समाजका अध्यक्ष पा. हेमन्त सुब्बाको प्रार्थनाद्धारा समापन भएको थियो ।