डा. नरीराम लुहारको “आधुनिक इस्राएलको ऐतिहासिक परिचय” पुस्तक विमोचन
कञ्चनपुर २, जेठ । ख्रीष्ट महिमा मण्डली कञ्चनपुरका रेभ.डा. नरीराम लुहार ‘बिनोद’को १६औँ पुस्तक विमोचन भएको छ ।
निट स्टडिज विश्वविद्यालयका संस्थापक समेत रहनुभएका रेभ.डा. लुहारद्वारा लेखिएको ‘आधुनिक इस्राएलको ऐतिहासिक परिचय” नामक पुस्तक आज बुधबार कञ्चनपुरमा एक कार्यक्रमका साथ विमोचन भएको छ ।
विशेषगरी पाठक वर्गहरु सबैलाई लक्षित गरी लेखक डा. लुहारले लेख्नुभएको पुस्तक विश्वभरिका नेपाली भाषीहरुका लागि एउटा आशिषको श्रोत हुने लक्ष्य राखिएको छ । लेखन क्षेत्रमा रुची राख्ने लेखक लुहारले सम्पूर्ण जन समुदायको बौद्धिक विकासका लागि लाभदायक अन्य पुस्तकहरु प्रकाशित गरिसक्नुभएको छ ।
लेखक डा. लुहारले सभाध्यक्षता गर्नुभएको उक्त कार्यक्रमको प्रमुख अतिथिको रुपमा संविधान सभा सदस्य माननीय श्री पुरन सिंह दयाल ज्यू रहनुभएको थियो भने अमरगढ़ी इसाई समाजका अध्यक्ष तथा डडेल्धुरा चर्च डडेल्धुराका बरिष्ठ पा. पदम सिंह भाट, सेल्भेसन चर्च डडेल्धुराका बरिष्ठ सेवक श्री जित राज भट्ट, जीवन रक्षा केन्द्रका संस्थापक तथा निर्देशक श्री राज मनराल र आदरणीय पा. जि. जोयते ज्यू विशिष्ट अतिथिको रुपमा रहनुभएको थियो ।