डिसेम्बर सुरुभए लगतै ख्रीष्टमसको चहलपहल सुरु

काठमाण्डौं, १७ मंसिर ।। डिसेम्बर २५ अर्थात पौष १० गते विश्वव्यापीरुपमा मनाइने येशूको जन्मोत्सवको चहलपहल डिसेम्बर सुरुभए लगतै काठमाण्डौँमा पनि सुरु हुन थालेको छ ।

काठमाण्डौँ, पोखरा लगायत देशका ठूला सहरहरुमा ब्यापारिक परियोजनका लागि सञ्चालित महल परिसरमा ख्रीष्टमस ट्रि सजाइन थालेका छन् । काठमाण्डौँमा विभिन्न होटल र क्याफेहरु पनि ख्रीष्टमसलाई संकेत गर्न झिलीमिली बत्तीसमेत बालेको देखिन्छ ।

साप्ताहीक सेवासंगति र अन्य कार्यक्रमहरुमा ख्रीष्टमस केन्द्रित भजनहरु गाउने गरेको पाइन्छ । चर्चहरुमा यो वर्षको ख्रीष्टमस कसरी र कहीले मनाउने भन्ने विषयमा छलफल चल्नेगर्छ । विश्वव्यापीरुपमा डिसेम्बर २५लाई ख्रीष्टमसको लागि विशेष दिन मानिएता पनि डिसेम्बर महिनाभर ख्रीष्टमस कार्यक्रमहरु हुनेगर्छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button