तामझामकासाथ चर्च भत्काएर समाजमा के सन्देश दिन खोज्या मेयरसाब ?
– हरि जिज्ञास
केही वर्ष पहिले एउटा गाउँको दलित समुदायको भाई केही व्यक्तिगत कामले अर्को गाउँमा गएको थियो । अचानक त्यो दिन ऊ ठूलो जात मानिनेको घरमा बासबस्नुप¥यो । यदि त्यहाँ उसले आफ्नो वास्तविक जात नलुकाएको भए त्यो दिन ऊ हिउँदको चिसोमा बाहिर नै थुरथुर काँप्दै बस्नुपथ्र्यो । उसले राम्रो सुत्ने ठाउँ पनि पाउँदैनथियो । जब उसले आफ्नो वास्तविक थर नबताएपछि उसलाई सम्मानकासाथ पाहुना मानियो । अर्कोदिन घर मालिकले त्यो भाइले जात ढाँटेको थाहा पाएपछि उसले अनेक गाली खानुप¥यो । त्यसपछि उसलाई जीवनमा कहिले घरधनीले दलित युवालाई घरभित्र पस्न दिएन ।
धनगडी उप–महानगरपालिका वडा नं. ७ मनोहरामा एक संस्थाले अस्पताल भवन निर्माण गर्ने अनुमती लिएर भवन निर्माण गरेको देखिन्छ । पछि त्यहि संस्थाले आफूले निर्माण गरेको भवनलाई भाडामा चर्च सञ्चालन गर्न दिएको बताइएको छ । एउटा परियोजनाको लागि अनुमती लिएर भवन निर्माण गरेपछि त्यसलाई अर्को परियोजनको लागि प्रयोग गर्नु नपर्ने हो । संस्थाको आफ्नै प्राविधिक कारण भवनलाई चर्चको लागि भाडामा दिएको हुनसक्छ । त्यो गलत नै थियो । तर धनगडी उप–महानगरपालिकाले तामझामकोसाथ भवन भत्काइहाल्नुपर्ने आवश्यक म देख्दिन । सामुहिक आस्था जोडिएको कुरालाई जिम्मेवारी निकायले विचार पु¥याएर समस्याको समाधान गर्नुपर्छ । कुनै पनि धार्मिक समुदायलाई विभेदको दृष्टिकोणले हेर्नुहुँदैन । निर्माण भएको भवनलाई धनगडी उपमहानगरापलिकाकै समन्यवमा अन्य केही परियोजनको लागि प्रयोग गर्न पनि सकिन्थ्यो ।
नेपाल जातिय विभेद र धार्मिक विभेदमा चुर्लुम्म डुवेको छ । धनगडी उप–महानगरपालिकाका नगरप्रमुख जनताको प्रतिनिधि हुनुुहुन्छ । धार्मिक स्थल जस्तो पवित्र भवनलाई तामाझामकोसाथ सुरक्षाकर्मी लिएर भत्काउँदा नेपालमा रहेका सम्पूर्ण इसाई समुदायको चित्त दुःख्छ भन्ने सामाजिक भावना मेयरसावमा हुनुपर्ने हो तर देखिएन । अझ सुरक्षाकर्मी लिएर भत्काउँदै गरेको दृष्य ड्रोन प्रयोग गरेर खिचिएको छ । चर्च भवन भत्काउँदै गरेको ड्रोनसुट भिडियो मयेरसाव गोपाल हमालले आफ्नो फेसबुकमा पोस्ट गर्नुभएको छ । चर्च भवन भत्काएको बहादुरी भिडियो दुनीयालाई देखाएर के सन्देश दिन खोज्नुभएको कुन्नी ? आस्था जोडिएको मन्दिर, मश्चिजित, गुम्बा, चर्च लगायतका भवनहरु भत्काउँदा समाजिक सद्भाव भट्किन सक्छ भन्ने ज्ञान धनगडी उप–महानगरपालिका मयेरसावसँग हुनुपर्ने हो ।
ठीक छ चर्च र मन्दिर बीचमा सरकारले विभेद गरेकै छ त्यो हामी सबैलाई थाह छ । सामुहिक भावना जोडिएको सम्पतीलाई राज्यको जिम्मेवारी निकायले बहादुरीको साथ हर्न बजाउँदै सुरक्षाकर्मी तैनाथ गरेर बत्काउनै पर्ने जरुरी थिएन । अझ सामुहिक भावना जोडिएको सम्पती नस्ट गरेको दृष्य क्यामेरामा कैद नगर्नुपर्ने हो । मयरसावले लाखाँै इसाई समुदायको भावनामा चोट पुग्नेगरी दादागिरी सैलीमा ड्रोनसुट भिडियो समेत लिएर आफ्ना सामाजिक सञ्जालमा छताछुल्लल पार्नुभयो । यसले समाजमा राम्रो सन्देश दिन सक्दैन । नेपालमा जातिय विभेद जस्तै धार्मिक विभेद प्रष्ठ छ त्यो हामीले देखेकै छौँ । तर मेयरसावलाई एउटा परियोजनको लागि निर्माण गरेको भवन अर्को परियोजनको लागि प्रयोग गर्दा चित्त बुझेन भने पनि ठीक छ । जनताको पसिनाले निर्माण गरेको भवनलाई मेयरसाव आफैले कुनै उचित परियोजनको लागि प्रयोग गर्न सक्नुहुन्थ्यो । त्यहाँबाट चर्च हटाउन सक्नुहुन्थ्यो । विभेदखेपिरहेका अल्पसंख्य इसाई समुदायले सहन जानेकै छन् । मेयरसावलाई खासै दुःखै हुँदैनथ्यो ।
नेपालको मौलिक हक सम्बन्धि कानून भाग ३ को २६ मा धार्मिक स्तवन्त्रताको हक सम्बन्धि प्रष्ठ छ । “ (१) धर्ममा आस्था राख्ने प्रत्येक व्यक्तिलाई आफ्नोे आस्था अनुसार धर्मको अवलम्बन, अभ्यास र संरक्षण गर्ने स्वतन्त्रता हुनेछ । (२) प्रत्येक धार्मिक सम्प्रदायलाई धार्मिक स्थल तथा धार्मिक गुठी सञ्चालन र संरक्षण गर्ने हक हुनेछ । तर धार्मिक स्थल तथा धार्मिक गुठीको सञ्चालन र संरक्षण गर्न तथा गुठी सम्पत्ति तथा जग्गाको व्यवस्थापनका लागि कानून बनाई नियमित गर्न बाधा पुगेको मानिने छैन । (३) यस धाराद्वारा प्रदत्त हकको प्रयोग गर्दा कसैले पनि सार्वजनिक स्वास्थ्य, शिष्टाचार र नैतिकताको प्रतिकूल हुने वा सार्वजनिक शान्ति भंग गर्ने क्रियाकलाप गर्न, गराउन वा कसैको धर्म परिवर्तन गराउने वा अर्काको धर्ममा खलल पर्ने काम वा व्यवहार गर्न वा गराउन हुँदैन त्यस्तो कार्य कानून बमोजिम दण्डनीय हुनेछ ।”
कानूनले समते प्रत्येक धार्मिक स्थल तथा धार्मिक गुठीको सञ्चालन र संरक्षण गर्ने हक हुनेछ भनेर प्रष्ठ भनेको छ । अस्पताल भनेर निर्माण भएको भवनमा चर्च सुरु हुँदा मयेसावलाई चित्त बुझेको थिएन भने चर्च भवन आफै भत्काउन वा जुन परियोजनको लागि निर्माण गरिएको थियो त्यहि परियोजनको लागि भवन प्रयोग गर्नको लागि मयेसावले सम्बन्धित निकायलाई पत्रचार वा सल्लाह दिनु सक्नुहुन्थ्यो । दुनीयालाई आफ्नो बहादुरी काम देखाउने लोभमा लाखौँ इसाई समुदायको चित्तत दुखाउनु भएननी ? देशभा जातिय विभेद जस्तै धार्मिक विभेद छ । सुरुमा मईले उठान गरेको दलित भाईले आफ्नो जात लुकाएर एकराज राम्रोसँग बस्न र खाना पाए जस्तै धनगडीमा निर्माण भएको भवनको हालत भएको छ । यो भनेको विभेदकारी मनुवाद हो ।