तीन सय बढी अगुवाहरुले भारतमा धार्मिक उत्पीडन रोक्न माग गरे
काडमाण्डौ, २९ (२०८१)
संयुक्त राज्य अमेरिकामा ३०० भन्दा बढी इसाई अगुवाहरुले भारतमा भएको धार्मिक उत्पडीन रोक्नुपर्ने माग गर्दै अमेरेकी सरकारलाई पत्र लेखेका छन् ।
भारतमा अल्पसंख्यक धार्मिक समुदायमाप्रतिको विभेद, जातिय विभेद लगायत धार्मिक हिंसा बढ्दै गएकोले यस्तो क्रियाकलाप रोक्न र यस्तो हिंसा सुरु गर्नेहरुलाई कार्बाही गर्न समेत माग गरिएको छ ।
सन् २०१४ बाट प्रधान्त्री नरेन्द्र मोदीको कार्यकालमा भारतमा सबै भन्दा बढी धार्मिक विभेद र हिंसा भएको अगुवाहरुले पत्रमा उल्लेख गरेका छन् । विभिन्न सम्प्रदायको तीन सयम भन्दा बढी अगुवाहरुले अमेरिकी विदेश विभागलाई विशेष गरी ईसाईहरू विरुद्ध धार्मिक स्वतन्त्रताको बढ्दो उल्लङ्घनको बीचमा भारतलाई “विशेष चिन्ताको देश“ को रूपमा तोक्न आह्वान गरेका छन् ।
हस्ताक्षरकर्ताहरूमा विभिन्न सम्प्रदायका चर्चका अगुवाहरु, विशपहरू, तीन आर्कबिशपहरू र असंख्य पादरीहरू र ईश्वरशास्त्रीय विद्यालयहरू र ईसाई संगठनहरूका नेताहरू समावेश छन् । “हिंसाको यो बृद्धिलाई हिन्दू जातीय–राष्ट्रवादी वा हिन्दुत्व सर्वोच्चतावादी राजनीतिक विचारधाराले प्रेरित गरेको छ, जसले भारतीय नागरिक पहिचानसँग आतंकवादी हिन्दू विचारधारालाई मिलाउँछ,।” पत्रमा लेखिएको छ ।
“परिणामस्वरूप, हिन्दू धर्म र भारतको संवैधानिक धर्मनिरपेक्ष लोकतन्त्र दुवैलाई गम्भीर रूपमा विकृत गरिएको छ, जसले क्रिस्चियनहरू, तल्लो जातका दलितहरू र अन्य धार्मिक अल्पसंख्यकहरू विरुद्ध सडकमा र राज्य संरचना भित्र राज्यद्वारा स्वीकृत हिंसाको डरलाग्दो स्तर निम्त्याएको छ ।”