दक्षिणभेगीय इसाई समाजको अध्यक्षमा पुन : पास्टर चन्डेराज तामाङ

असोज,२९ (काठमाण्डौ)
काठमाण्डौँ उपत्यकाको दक्षिणभेगीय इसाई समाजको अध्यक्षको रुपमा पास्टर चन्डेराज तामाङ निर्विरोध रुपमा चयन हुनुभएको छ ।
पास्टर चन्डेराज तामाङ हिजो शनिबार आयोजित दोस्रो साधरणसभाबाट पुनः अध्यक्ष पदमा चयन हुनुभएको हो ।
२०६३ सालमा स्थापना भएको दक्षिणभेगीय इसाई समाज अन्तर्गत हाल २२ वटा जति चर्चहरु सामेल रहेका छन् । २०७८ सालमा संस्थागत रुपमा नेपाल सरकारमा दर्ता भएको इसाई समाजले ख्रीष्टियन समुदायको आत्मिक जागृति र सामाजिक काम गर्दै आएको छ ।
पहिलो कार्यकालमा ९ सदस्य रहेकोमा उक्त कार्यसमितिलाई बिगठन गरी १३ सदस्यको नयाँ कार्यसमिति निर्विरोध चयन गरिएको छ ।
जसमा अध्यक्ष पाष्टर चन्डेराज तामाङ्ग, सचिव एल्डर रबिन्द्र बस्याल, कोषाध्यक्ष सनिता तामाङ्ग, रहनुभएको छ भने सदस्यहरुमा पाष्टर जया लामा, पुर्ण शाहि, एल्डर मान बहादुर तामाङ्ग, अगुवा, राम शरण नगरकोटी, जिवन कुमार बिसुन्खे, पाष्टर सुकदेब थापा मगर, डिकन दिनेश रम्तेल, नवराज दर्नाल रहनुभएको छ । त्यसैगरी बिशेष सल्लाहकारको रुपम पाष्टर रमेश तामाङ्ग रहनुभएको छ ।
