दक्षिण कोरियामा अन्तराष्ट्रिय मिसन सम्मेलन

काठमाण्डौँ, ७ असोज ।। दक्षिण कोरियामा चौथो अन्तराष्ट्रिय मिसन सम्ेलन सञ्चालन भइरहेको छ । करिब २०२ राष्ट्रबाट पास्टर तथा अगुवाहरुको सहभागितामा चौथो अन्तराष्ट्रिय मिसन सम्मेलनको आयोजना गरेको हो ।


ख्रीष्टियन समुदायमाथिको सतावट र विश्वभरी येशूको सुसमाचार पु¥याउनकालागि देखा परेका चुनौती र त्यसका समाधानबारे चौथो मिसन सम्ेलनमा छलफल र हुने जनाइएको छ ।


करिब ५ हजार भन्दा बढी ख्रीष्टियन अगुवाहरु सहभागी रहेको ऐतिहासिक सम्मेलनमा बक्ताको रुपमा रहनुभएका लुसेन संस्थाका सह अध्यक्षा आन्नुरी चर्चका वरिष्ठ पास्टर रेभ. जेहुन लिले सम्मेलन उद्घाटन समारोहमा चौथो सम्मेलन आयोजनाको महत्वबारेमा जोड दिदैँ परेमश्वरको बफादारीको विषयमा बर्णन गर्नुभएको छ ।


सह अध्यक्ष पास्टर रेभ. जेहुन लिले अबको सुसमाचारको माध्यम मिडया महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “विश्वको परिवर्तनशिला संगै हामीले परमेश्वरको सुसमाचार मानिसहरुको बीचमा पु¥याउनको लागि मिडिया र नयाँ रणनीति तयार गर्नुपछ ।”


उनले विश्वब्यापी मण्डलीहरुले सुसमाचारको लागि महत्वपूर्ण भूमिका नखेलेको र कहिल्यै येशूको बारेमा नस्ुनेका मान्छेहरु पनि संसारमा रहेको कुरा बताए । मिसनको लागि जति लगानी गरेपनि सहि ठाउँमा लगानी नगरेकोमा विश्वव्यापी मण्डलीले परमेश्वरसँग क्षमा माग्र्नुपर्ने समेत उनले बताए ।

(photo: Facebook: Lausanne

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button