दाङमा निट्स बाइबल कलेजको शाखा उद्घाटन

साउन १० (२०८०) दाङ
कञ्चनपुरको ख्रीष्ट महिमा मण्डलीद्धारा सञ्चालित नेपाल ईन्स्टिच्युट अफ थियोलोजिकल स्टडीज (निट्स) बाइबल कलेजको शाखा कार्यालय लुम्बिनी प्रदेशको दाङमा सुरु भएको छ ।


आज बुधवार एक कार्यक्रमको आयोजना गरि दाङ जिल्लाको घोराहीमा दाङ जिल्ला इसाई समुदायका अग्रज व्यक्तित्वहरुको संयुक्त बाहुलीबाट शाखा कार्यालयको उद्घाटन गरिएको हो ।


ईन्स्टिच्युट अफ थियोलोजिकल स्टडीज (निट्स) बाइबल कलेजबाट २०२२ सालको ८ औं ब्याचबाट दिक्षान्तित हुनुभएका पा. भुप बहादुर घर्तीमगरलाई निट्स कलेजका संस्थापक डा. नरीराम लुहार “विनोद” द्धारा लुम्बिनी प्रदेशको निर्देशकको रुपमा नियुक्तीे गरी जिम्मेवारी हस्तान्तरण गर्नुभएको छ ।

बाइबल कलेजको शाखा कार्यालय उद्घाटन कार्यक्रमको निट्स बाइबल कलेजका संस्थापक रेभ.डा. नरीराम लुहार ‘बिनोद’ ज्यूको सभाध्यक्षता रहेको थियो भने प्रमुख अतिथिको रुपमा बरिष्ठ पा. नर बहादुर शाह, विशिष्ठ अतिथि विजनेस डोमेनका नेशनल स्ट्राटेजी पर्शन पा. मिलन रोकाया, पा.उदय स्वर्णकार, पा. माया शाह, केएमएम मिनिष्ट्रीजका संस्थापक सदस्य दुर्गादेवी लुहार, पा.नर बहादुर घर्तीमगर, निट्स कलेजका प्रकासनिक अधिकृत पा. खुसीराम चौधरी लयागतका पास्टर ज्यूहरु रहनुभएको थियो ।


केएमएम मिनिष्ट्रीज अन्तर्गत रहेर देशभरिका ६ वटा प्रदेशमा सेवा विस्तार गरिएको छ भने अन्तर्राष्ट्रिय स्तरमा पनि ४ वटा देशमा सेन्टरहरु सञ्चालन भइरहेका छन् ।


विभिन्न मण्डली सम्प्रदाय र विभिन्न स्थानका अग्रज तथा आदरणीय सेवकहरु प्रत्यक्ष रुपमा ख्रीष्टको शिक्षा र पवित्र वचनद्वारा त्रूmसिकरण हुँदै स्वस्थ र ख्रीष्ट केन्द्रित अगुवाहरुको रुपमा नमुना बन्दै देश, समाज र टोलमा सर्वाङ्गिण मानवीय विकासका कार्यहरु गरिरहेका छन् ।


लुम्बिनी प्रदेशका करीब एक सय जना पाष्टर तथा अगुवाहरुको उपस्थितिमा भएको कार्यक्रमको सञ्चालन निट्स कलेज र केएमएम मिनिष्ट्रिजका संस्थापक सदस्य रेभ.पा. महेश लावड ज्यूले गर्नुभएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button