दाङमा पास्टर तथा अगुवा भेटघाट संगति
दिपक पुन
कार्तिक २६ ।। लुम्बिनी प्रदेशको राजधानी घोराहीमा पास्टर तथा अगुवा भेटघाट संगती सोमबार सम्पन्न भएको छ ।
इसाई समुदाय दाङको आयोजना साथै उत्साहको वचनको प्रायोजनमा भएको कार्यक्रममा (अघिका पुस्तालाई सोध्नुहोस,अनि तिनीहरुका पुर्खाहरुका अनुभवलाई बिचार गर्नुहोस् ।)अय्यूब ८ः८ को शिर्षक रहेको कार्यक्रममा शुरुको प्रार्थना मुक्ती मण्डलीका पास्टर राम बहादुर पुनले प्रार्थना गर्नुभएको थियो ।
त्यस लगतै भजनसङ्ग्रह ३ः४ पद पढेर आराधना शुरु गरिएको थियो । इसाई समुदाय दाङका अध्यक्ष जीवन गुरुङले अतिथि पा.डि.के दानिएल लिम्बु र पा. अमर घलेलाई खडा लगाएर स्वागत गर्नुभएको थियो ।
कार्यक्रमको बारेमा पा.जित बहादुर घर्ती मगरले जानकारी गराउनुभएको थियो । उक्त कार्यक्रममा एकता रमना मण्डली, हापुर दाङका पा.सत्तलसिङ बुढाले आफ्नो गबाही २कोरिन्थी ३ः५ द्वारा भन्नू भएको थियो । प्रसंशा मण्डली,लमही दाङका पा.लिल बहादुर घर्तीले लूका १५ः११ द्वारा आफ्नो गबाही भन्नू भएको थियो।अय्यालोन ए.जि मण्डली तुलसिपुर दाङका एल्डर खिम बहादुर बुढाथोकीले पनि गबाही राख्नुभएको थियो ।
ग्लोबल हार्भेस्ट कम्युनीटिटि चर्च अमेरिकाका अमर घलेले उत्साहको वचन १ थेस्लोनिकि ५ः१२ हिब्रू १३ः१६,१७ गलाती ६ः५,१०द्वारा बचने दिनुभएको थियो ।
न्यु लाईफ गोस्पल चर्च काठमान्डूका पा.डि.के दानिएल लिम्बूले पनि महत्वपूर्ण बचनद्वारा सिकाउनुभएको थियो । उहाँले संसारभरमा २ अरब ४० करोड ख्रीष्टियन भएको बताउनुभएको थियो । कति पटक हामी अघिका पुस्तालाई नसोधेर आफ्नो मनोमानी आफ्नो योग्यताको घमण्ड गर्ने गर्छौ तर त्यसो नगर्ने पनि बताउनु भएको थियो । ब्यबस्था ३२ः७ को बचनद्वारा वचन राख्नु भएको थियो ।
कार्यक्रम संचालन सन्चालन पा. शक्ति घर्ती मगरले गर्नु भएको थियो। अन्त्यमा पाहुनालाई मायाको चिनो दिई कार्यक्रम समापन गरिएको थियो । दाङ जिल्लामा रहेका विभिन्न मण्डलीका पास्टर अगुवा लगाएत रेडियो भरोसाका स्टेशन म्यानेजर दिपक पुनको उपस्थिति रहेको थियो ।