दाङमा युवाहरुको आत्मिक जागृतिका लागि बृहत युवा जागृति सम्मेलन

हरि जिज्ञासु
दाङ,२७ असोज ।। दाङ जिल्लाको घोराहीमा बृहत युवा जागृति सम्मेलन सुरु भएको छ । दाङ इसाई युवा संगतिद्धारा आयोजना गरेको समर्पणता शिर्षकको सम्मेलन आज आइतबार देखि सुरु भएको हो ।


दाङ जिल्लामा स्थापना भएका विभिन्न चर्चका युवाहरु सहभागी हुनेगरी आयोजना गरेको युवा जागृति सम्मेलनको उद्घाटन घोराही उपमाहानगरपालिकाको उप प्रमुख हुमा डाँगीले गर्नुभएको छ ।


दाङ जिल्ला इसाई समुदायका अध्यक्ष पास्टर रेशम साहुको सभाध्यक्षता रहेको थियो भने, प्रमुख अतिथिको रुपमा घोराही उपमहानगरपालिकाकी उप प्रमुख हुमा डाँगी र प्रमुख अतिथि तथा सम्मेलनका प्रमुख वक्ता पास्टर राजु सुनदास रहनुभएको छ ।


प्रमुख अतिथि उप प्रमुख हुमा डाँगीले सम्मेलनको सफलताको शुभकामना दिएर, नेपालीहरु सबै जातजाति, भाषा, धर्म र संस्कृतिमा रमाईरहेकाले सबै मिलेर बस्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “म तपाईँको जनप्रतिनिधि हुँ, मलाई तपाईले जिताउनुभएको त्यसकारण मैले तपाईँहरुको भावनाको कदर गनुपर्छ । हामी सबै युवाहरु मिलेर समाज र देशको हितको निम्ति काम गर्नुपर्छ ।


त्यसैगरी विशिष्ठ अतिथिका रुपमा रहनुभएका दाङ जिल्ला इसाई समुदायका अध्यक्ष पास्टर जीवन गरुङले इसाई युवाहरु आत्मिक रुपमा जागृत भएर समाज र देशलाई रुपान्तरण गर्ने उद्देश्यले लागन्नुपर्ने बताउनुभयो । उहाँले युवाहरुलाई परमेश्वरको महान आज्ञा पुरा गर्नको लागि उत्साह दिनुभएको छ ।


त्यसैगरी दाङ इसाई युवा संगतिले दाङमा ऐतिहासिक रुपमा रहेका मण्डली र पास्टर ज्यूहरुलाई कदर पत्रको साथ सम्मान गरेको थियो । दाङको घोराहीमा रहेको प्रतापी चर्चका पास्टर नर बहादुर शाह, लमहीमा रहेको प्रशंसा चर्चका पास्टर लिल बहादुर घर्ती त्यसैगरी तलुसीपुरको अयोलोन ए.जी चर्चका पास्टर सालिकराम साहुलाई कदर पत्र सहित सम्मान गरिएको छ ।

सम्मेलनको उद्घाटन समारोहमा पास्टर उदय स्वर्णकार लगायत अन्य केही अतिथिहरुले पनि सम्मेलनको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । दाङ इसाई युवा संगतिका उपाध्यक्ष बर्णवास सुनदासको स्वागत मन्तव्य रहेको उद्घाटन समारोहको सञ्चालन पास्टर खडक दहितले गर्नुभएको थियो ।


आइतबारबाट सुरु भएको युवा जागृति सम्मेलन असोज २९ गतेसम्म चल्ने दाङ इसाई युवा संगतिका उपाध्यक्ष मानु शेर्पाइलीले बताउनुभएको छ । सम्मेलनका संयोजक मानु शेर्पाइलीले तीन दिनसम्मको लागि सञ्चालन हुने उक्त सम्मेलन आशिषमय रुपमा सम्पन्न हुने आआ गर्नुभएको छ ।


सम्मेलनको उद्घाटन समारोहको पहिलो दिन प्रमुख वक्ता पास्टर राजु सुनदासले परमेश्वरको बचनबाट युवाहरुलाई उत्साह दिनुभएको छ । सहभागी युवाहरुले सम्मेलनमा सहभागी हुन पाउँदा र परमेश्वरको बचन सुन्न पाउँदा खुसी व्यक्त गरेका छन् । दाङ जिल्ला इसाई युवा संगतिले युवाहरुको आत्मिक हितको लागि दाङका सबै चर्चहरुले युवाहरुलाई उत्साहित साथ सम्मेलना सहभागी हुन सिफारिस गरेमा युवाहरुले आत्मिक लाभ लिने समेत बताएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button