दाङ इसाई युवा कमिटीको अध्यक्षमा खड्ग दहित
दाङ–२२ पौष ।। दाङ जिल्ला इसाई युवा कमिटिको अध्यक्षमा पास्टर खड्ग बहादुर दहित चयन हुनुभएको छ ।
नव निवार्चित कार्य समिति सर्वसम्मत रुपमा चयन भएसँगै अध्यक्ष दहित पनि सर्वसम्मत चयन हुनुभएको हो ।
नवनिर्वाचित कार्य समितिमा अध्यक्ष खड्ग बहादुर दहित,उपाध्यक्ष मान बहादुर सेर्पाईली,सचिव किरण परियार, सह–सचिव, शुक्रराज मास्की,कोषाध्यक्ष, सविता खड्का, सह–कोषाध्यक्ष, योग्य बराईली, सदस्य कोठिराम वली,सदस्य सन्तोष चौधरी रहनुभएको भएको छ ।
दाङ जिल्लाभरीका युवाहरुलाई आत्मिक रुपमा जागुरुक बनाउन महत्वपूर्ण भूमिका खेल्ने र युवा जनशक्तिलाई सामाजिक कार्यमा सक्रिय बनाउन युवा कमिटिको महत्वपूर्ण भूमिका रहेको छ ।