दाङ इसाई समुदायको वार्षिक साधारण सभा
![](https://bolawat.com/wp-content/uploads/2023/05/ddddddddddddrt.jpg)
जेठ १५/२०८० (दाङ)
दाङ जिल्ला इसाई समुदायको तेस्रो साधारण सभा हिजोबाट दाङ जिल्लाको ऐतिहासिक रुपमा रहेको प्रतापी चर्च घोराहीमा सुरु भएको छ ।
इसाई समुदाय दाङका अध्यक्ष सन्त बहादुर घर्तीको सभाध्यक्षता रहेको वार्षिक साधारण सभा कार्यक्रममा दाङ जिल्ला इसाई समुदायका अग्रज तथा वरिष्ट व्यक्तित्वहरू पास्टर जीवन गुरुङ, पास्टर शालिकराम शाहु ले संयुक्त रूपमा दीप प्रज्वलन गरी कार्यकमको उदघाटन गर्नु भयको थियो ।
त्यसैगरी व्यानर पाठ पास्टर नर बहादुर शाहले गर्नुभएपछि इसाई समुदाय दाङका सल्लाहकारहरु पा. जी.एल नेपाली, पा.नरेन्द्र बराल, पा.राम बहादुर पुनले सुभकामना मन्तव्य दिनुभएको थियो ।
वार्षिक साधारण सभामा दाङ जिल्ला इसाई समुदाय अन्तर्गत विभिन्न पालिकाका अध्यक्ष, युबा अध्यक्ष, दिदीबहिनी अध्यक्ष, जिल्लाका सह कोषाध्यक्ष र सचिवले प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
वार्षिक साधारणसभाको उद्घाटसत्रमा परमेश्वरको बचनबाट पा. बिबि कुसुम, पा. नर ब शाह, पा. लील बहादुर घर्तीले पाठ गर्नुभएको थियो । वक्ताहरुले कार्यक्रमको थीममा आधारित भएर एउटाले अर्कोलाई प्रेम र असल कामको निम्ति झन् प्रोत्साहन देओ भन्ने विषयबाट सबै सहभागीलाई उत्साहित गराउनु भएको थियो ।
दाङ जिल्लाका विभिन्न पालिकामा रहेका चर्चहरुबाट करिब १२० जना पास्टर ज्यूहरुको सहभागी रहेको साधारण सभा आज समापन हुनेछ । जिल्ला अध्यक्ष सन्त बहादुर घर्तीको सभाध्यक्ष रहेको उद्घाटनसत्रमा कार्यक्रमको सहजिकरण सचिव सुबास नेपालीले गर्नुभएको थियो । – (पा.दिलीप ताम्राकार)
![](https://bolawat.com/wp-content/uploads/2023/05/e.jpg)