देशको शिक्षा, स्वास्थ्य र शान्तिको लागि वर्षभरी प्रार्थना
असोज १५ ।। कास्की
पोखराको प्रशस्थ कटनी मण्डलीले वर्षभरी प्रार्थना गर्दै आएको छ । मण्डलीका सदस्यहरुले आफ्नो समय अनुसार हरेक दिन एक जनाले १ घण्टा भन्दा माथि देशको लागि प्रार्थना गर्दै आउनुभएको छ ।
प्रशस्त कटनी मण्डलीका सदस्यहरु सामाजिक सञ्जाल अर्थात म्यासन्जर गुरुपमा जोडिनुभएको छ । प्रार्थना गरिसकेको व्यक्तिले म्यासेन्जर गुरुपमा सूचना गरिसकेपछि अर्को व्यक्तिले प्रार्थनाको लागि समय लिने गर्नुहुन्छ ।
प्रशस्त कटनी मण्डलीका पास्टर केसवराज आचार्यका अनुसार, देशको शिक्षा, स्वास्थ्य, रोजगार, राजनीति लगायत अन्य विभिन्न विषयगरी जम्मा ४० वटा विषयमा मण्डलीका सदस्यरुले प्रार्थना गर्दै आउँनुभएको छ ।
पोखरा महानगरपालिका वडा नं. ३३ आँपु गाउँमा प्रशस्त कटनी मण्डलीको माउन्टेन मिराकल प्रिएर हाउस छ । आँपु गाउँ पोखराको माथि डाँडामा भएकोले वरपर रमनीय दृष्य देखिन्छ । प्रिएर हाउसमा प्रशस्त कटनी मण्डलीका तीन जना सदस्यहरु बसेर प्रार्थना गरिरहेको मण्डलीकी गुरुआमा जुनु तिवारी आचार्यले जानकारी दिनुभयो ।
देशमा भएका समस्या र देशको शान्तिको लागि प्रार्थना गर्नु आवश्यक रहेको पास्टर केशव आचार्य बताउनुहुन्छ । उहाँले भन्नुभयो, ‘शान्ति र समृद्धि अनी देशको उन्नीको लागि ख्रीष्टियन समुदायले निरन्तर प्रार्थना गर्नु आवश्यक रहेको छ । त्यसकारण हामी निरन्तर प्रार्थनामा जोडिनुपर्छ ।’