दैलेख इसाई समाजको अध्यक्षमा पास्टर डम्बर गुरुङ

असार १४(२०८०) दैलेख
गोस्पल चर्चका पा.डम्बर गुरुङ दैलेख इसाई समाजका अध्यक्षमा चयन हुनुभएको छ । दैलेख जिल्लामा रहेका सम्पूर्ण इसाई समुदायको पक्षमा आवाज उठाउन र मण्डलीलाई आत्मिक रुपमा बलियो बनाई सामाजिक काम गर्ने उद्देश्यले गठन भएको इसाई समाजको अध्यक्षमा पास्टर डम्बर गुरुङ अध्यक्षमा चयन हुनुभएको हो ।


बुधवार दैलेखमा एक कार्यक्रमका बीच नव गठीत दैलेख इसाई समाजको पदाधिकारीहरुमा अध्यक्ष पा. डम्बर गुरुङ, उपाध्यक्ष पा. राम कुमार सोनी, सचिव इन्द्र रोकाय, कोषाध्यक्ष, रामु वि.क रहनुभएको छ भने सदस्यहरुमा पा. तिर्थ बहादुर सिंह, पा.गगन बहादुर थापा, पा. हरि बि.क, ज्योति सोनी र जुना सिजाली मगर रहनुभएको छ ।


हाल नवगठीत दैलेख इसाई समाजका कोषाध्यक्ष रहनुभएका रामु बि.कको अनुसार केहि वर्ष अगाडि दैलेख इसाई समाज गठन भएको तर कोभिडको कारणले गर्दा संस्थाले राम्रो काम गर्न सकेको थिएन । उहाँले भन्नुभयो, ‘अब आउने दिनहरुमा सुर्खेतमा रहेका करिब ४० भन्दा बढि चर्चहरुको सेवा र एकताको लागि नयाँ पदाधिकारी चयन हुनुभएको छ ।’


नव गठित दैलेख इसाई समाजलाई साथ र सहयोग गर्नको लागि सल्लाहकारको रुपमा पास्टर बृख बयलकोटी, अगुवा जेवि रोकाय र पास्टर पवित्रा गुरुङ रहुनुभएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button