दोस्रो प्रदेश स्तरीय अन्तर इसाई प्रतियोगिताको उपाधि पाँचथरलाई

विवश गौतम
विराटनगर, २९ भाद्र ।। दमक नगर इसाई समाजको आयोजनामा प्रदेश स्तरीय अन्तर इसाई समाज फुटसल प्रतियोगिता शुक्रबार भब्यताका साथ सम्पन्न भएको छ । उक्त प्रतियोगिताको दोस्रो उपाधि हात पारी मिक्लाजुङ् इसाई समाज, पाँचथर विजयी भएको छ ।

दमक नगर इसाई समाजको खेलकुद विभाग प्रमुख शिखर राईको संयोजकत्वमा समाजका अध्यक्ष हेमन्त सुब्बा अध्यक्षतामा शुरु भएको कार्यक्रमको उद्घाटन दमक नगरपालिकाका मेयर राम कुमार थापाको प्रमुख आतिथ्य भएको थियोे । त्यसै गरी विशिष्ट अतिथिमा दमक वडा नं. ५ का अध्यक्ष इन्द्र बहादुर गुरुङ, अतिथिहरूमा समाजका सल्लाहकार राजकुमार राई, निवर्तमान अध्यक्ष पास्टर आकाश थुलुङ, जीवन चक्र समाज नेपालका अध्यक्ष गणेश गौतम, समाजका, प्रदेशमा रहेका विभिन्न इलाका इसार्ई समाजका अध्यक्ष तथा समाजका प्रतिनिधिहरू, सञ्चारकर्मीहरू, समाजसेवी, साथै खेलकुदप्रेमीहरुको उपस्थिति रहेको थियो ।

मित्रता, सम्बन्ध र सङ्गति मुख्य नारा लिएर गत वर्षबाट शुरु गरिएको उक्त मैत्रीपूर्ण खेल दमक ५ स्थित गोर्खाली टोलमा रहेको बिस्ट फुटसल खेलमैदानमा सम्पन्न भएको थियो । अन्य प्रतिस्पर्धी समूहलाई पछि पार्दै मिक्लाजुङ इसाई समाज, पाँचथर र धरान इसाई समाजबीच फाइनलमा कडा प्रतिस्पर्धा हँुदा दुवै समूहले गोल बाराबरीमा गरे पश्चात पेनाल्टी मार्फत पाँचथर विजेता हुन सफल भएको थियो ।

कोशी प्रदेश भरिबाट जम्मा १२ वटा समाजका समूहबीच कडा प्रतिस्पर्धा भएको थियो । जसमा मिक्लाजुङ् इसाई समाज, मोरङ्ग र उर्लाबारी इसाई एकता समाज, मिक्लाजुङ् इसाई समाज, पाँचथर र बिर्तामोड इसाई समाज, चुलाचुली इसाई समाज र बिसिएस बेलडाँगी, दोमुखा इसाई समाज र बेलबारी इसाई समाज, आयोजक ए र आयोजक बी, धरान ख्रीष्टिय समाज, बिर्तामोड इसाई समाज र बिसिएफ बेलडाँगीको सहभागीता रहेको थियो ।

समापनको क्रममा प्रमुख अतिथि झापा क्षेत्र नं. ५ प्रदेश ख का संसद होम बहादुर थापाको बाहुलीबाट विजेता मिक्लाजुङ समाजलाई नगद रु. ३०,०००÷– सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । यस पटक पनि दोस्रो भएको धरान ख्रीष्टिय समाजलाई झापा क्षेत्र नं. १ प्रदेश क संसद चिन्तन पाठककोे बाहुलीबाट नगद रु. २०,०००/– सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो भने सर्वाधिक गोलकर्र्ता सनिल राई, उत्कृष्ट गोल रक्षक सुजन बर्देबा र उत्कृष्ट खेलाडी सुमन राईलाई पनि ट्रफी प्रदान गरिएको थियो । उक्त प्रतियोगितामा मुख्य प्रायोजक “टाइटल स्पोन्सर” मा इम्मानुएल सुहाङले कोरियाबाट र सह–प्रायोजक सेलिना हार्डवेयर “युरो पेन्टस” दमक साथै सेकेन्ड टाइटलका लागि स्पोन्सर याकपाङदेन लिम्बुले कोरियाबाट सहयोग गरेको जानकारी खेलकुद विभागका सदस्य सुरज लिम्बुले दिएका थिए ।

मिडिया पार्टनरका रुपमा दमक टाउन सो प्रतियोगितामा समापन हुनु अघि दमक इसाई समाजका पास्टर तथा अगुवाहरू र सञ्चारकर्मीहरू बीच मैत्रीपूर्ण खेलको प्रस्तुति पनि रहेको थियो । वि.सं. २०५३ मा स्थापना भई २०७८ विधिवत रुपमा दर्ता भएको सो दमक नगर इसाई समाजले समुदायमा शिक्षा, स्वास्थ्य तथा विभिन्न प्रकारका सामाजिक कार्यहरू गरी जनसमुदायमा ठूलो योगदान पु¥याउँदै आएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button