धरानले सामाजिक र धार्मिक सद्भाव चाहान्छ

भदौ , ९ सुनसरी । शान्ति सुरक्षालाई ध्यानमा राख्दै स्थानीय प्रशासनले धरानमा निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले शुक्रबार मध्यरातदेखि शनिबार राति १२ बजेसम्म कायम रहनेगरी निषेधाज्ञा जारी गर्नुभएको हो ।

‘.अत्यावश्यक काममा सुरक्षा निकायसँग समन्वय गरी बाहेक सामुहिक रुपमा गरिने सामाजिक, धार्मिक, राजनीतिक सभा,¥याली, भेला जम्मा, प्रदर्शन लगायतका कुनै पनि कार्यक्रम नगर्न÷नगराउन धरान उपमहानगरपालिका क्षेत्रभित्र सम्पूर्ण वडा लगायत तपसीलका क्षेत्रमा समेत लागु हुनेगरी निषेधादेश जारी गरिएको ‘’ वक्तव्यमा उल्लेख छ ।

धरानका मेयर हर्क साम्पाङ र १३ राजनीतिक दलले शुक्रबार अलग–अलग वक्तव्य जारी गरी सबै पक्षलाई संयमित हुन अपील गरेका छन् । ‘ सबैले संयमित र संवेदनशील भएर सबै पक्ष, समुदाय र हरेक नागरिकको भावना प्रतिबिम्वित हुनेगरी आपसी, सदभाव, भाइचारा र एकता कायमका लागि सम्पूर्ण आम धरान नगरवासीहरुमा हार्दिक अपील गर्दछु’, मेयर साम्पाङले वक्तव्यमार्फत् अपील गरेका छन् ।

धरानको पछिल्लो परिस्थितिप्रति राजनीतिक दलहरुले सामूहिक चिन्ता जनाएका छन् । प्रदेश र संघको राजनीतिमा मतभेद रहे पनि धरानमा दलहरुले एकै स्वरमा सदभावको अपील गरेका छन् ।

नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, रास्वपा लगायत १३ दलले संयुक्त वक्तव्य जारी गरी धरानमा आज (शनिबार) तय भएका सबै कार्यक्रम स्थगित गर्न सबै पक्षसँग आग्रह गरेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button