धरान ख्रीष्टियन समाजले हर्क साम्पाङलाई बुझायो ध्यानाकर्षण पत्र

असार, ३० (२०८०) सुनसर

धरान–१४, दुईधारे छेउमा नवनिर्मित होली ट्रिनिटि बिलिभर्स इस्टर्न चर्चको बिषयलाई लिएर बिजयपुर क्षेत्र धार्मिक संरक्षण समन्वय समितिद्वारा चर्च हटाउन भन्दै धरान नगर प्रमुखलाई ज्ञापन पत्र दिईएको बारे धरान ख्रीष्टियन समाजले गम्भीर ध्यानाकर्षण भएको बताउँदै नगर प्रमुख हर्क सम्पाङलाई ज्ञापन पत्र बुझाएको छ ।


केहि दिन अगि मन्दिर छेउमा चर्च निमार्ण गरेको भन्दै बिजयपुर क्षेत्र धार्मिक संरक्षण समन्वय समितिले चर्च हटाउन पहल गरिदिन धरान महानगरमा ज्ञापन पत्र बुझाएको थियो । विज्ञप्तिमा भनिएको थियो, ‘मन्दिरको छेउमा रहेको नवनिर्मित चर्च भवन स्थानान्तर गरियोस र धरान–१४ विजयपुर भरी कुनै चर्च निमार्ण गर्न बन्द गरियोस् ।’ नवनिर्मित चर्च सार्वजनिक जग्गामा नभई निजी जग्गामा निर्माण भएको हो ।


नेपालको संविधान–२०७२ को प्रस्तावनामै नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त बिशेषता रहेको देश भनेर उल्लेख गरिएता पनि सो समितिद्वारा दिईएको ज्ञापनपत्रमा धार्मिक सद्भाव भड्कन प्रकारको कार्य गरेकोमा धरान ख्रीष्टियन समाज स्तिब्ध रहेको कुरा आफ्नो विज्ञप्तिमा धरान ख्रीष्टियन समाजले उल्लेख गरेको छ ।
बिश्वको मानचित्रमा हाम्रो देश नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधतायुक्त सुन्दर देशको रुपमा रहेको बिश्वलाईनै जगजाहेर छ, अझ पुर्वको सुन्दर नगर धरान “बहुजन हिताय, बहुजन सुखाय“ को महानवाणीलाई आत्मसात गर्दै सबैको हित र सबैको सुखको निम्ति श्रम संस्कृतिको उच्चकोटीको अभुतपुर्व एकता र सद्भावको नमुना विश्वलाई दिदै अघि बढिरहेको धरान ख्रीष्टियन समाजले विज्ञप्तिमा उल्लेख गरेको छ ।


विज्ञप्तिमा भनिएको छ, ‘आफ्नो धार्मिक आस्था अनुसार धार्मिक कृयाकलाप गर्न कुनै प्रकारको बाधा अवरोध नहोस भन्दै धराने जनताको अभिभावकको रुपमा रहनुभएको नगर प्रमुख श्री हर्क साम्पाङज्युलाई उक्त धार्मिक स्थल
(चर्च) को सुरक्षाको माग समेत गर्दछौं ।

सम्बन्धित पक्षहरुसंग शान्तिपूर्ण छलफलद्वारा समस्याको समाधानको निम्ति धरान ख्रीष्टिय समाज सदैव तत्पर रहेको जानकारी गराउदै, उक्त चर्चका सदस्यहरुमा उत्पन्न गरिएको मानसिक दवाब तथा डर र त्रासको वातावरण अन्त्यको लागि हामी सबै धरानवासी दाजुभाइ दिदीबहिनीहरु र सम्बन्धित पक्षहरुमा हार्दिक अपिल गर्दै धार्मिक स्वतन्त्रता र मानव अधिकार कुण्ठित हुने कार्य प्रति धरान उपमहानगरपालिकाका नगर प्रमुख तथा सम्बन्धित निकायहरुमा गम्भीर ध्यानाकर्षण गराउदछौं ।’

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button