धर्मको नाममा राजनीति गर्नु हुदैन ः प्रधानमन्त्री ओली
२ ८ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि व्यक्तिले धर्मको नाममा राजनीति गर्न नहुने बताएका छन्
बुधवार बालुवाटार पुगेका जैनश्वेताम्बर तेरापेथी सभाका पदाधिकारीहरुसँग प्रधानमन्त्री ओलीले मुलुक धर्म निरपेक्ष रहेको सम्झाए ।
‘नेपालमा एकातिर हिन्दू राज्य हुनुपर्छ भनेर अभियान चलाइएको छ । अर्कातिर क्रिश्चियन धर्म विस्तार गर्ने नाममा मानिसको गरिबीको दुरुपयोग गरिएको छ’ प्रधानमन्त्री ओलीले भने, ‘यस्ता कुराहरुलाई हामी क्रमशः नियन्त्रण गर्छौ । हामीले कुनै पनि धर्मका नाममा असहिष्णुता र संकीर्णता राख्न हुँदैन ।’
प्रधानमन्त्री ओलीले धर्म व्यक्तिगत रोजाइ र आस्थाको कुरा भएकाले सम्मान गरिने पनि बताए । प्रधानमन्त्री ओलीले सबै धार्मिक समुदायले एकले अर्काको व्यक्तिगत भावनाको सम्मान गर्नुपर्ने समेत बताएका छन् ।