धर्म, जाति र भाषाको तथ्यांक सच्याउन आदिवासी जनजाति महासंघको माग

जेठ ३१ (२०८०) काठमाण्डौँ
राष्टिय जनगणना २०७८ को धर्म, जाति र भाषा सम्बन्धी तथ्याकंक गलत आएको हुँदा यसलाई तत्काल सच्याउन आदिवासी जनजाति महासंघले माग गरेको छ ।
प्रधानमन्त्र पुष्पकमल दाहाल प्रचण्डलाई बुधवार बालुवाटारमा भेटेर तथ्यांक विभागले सार्बजनिक गरेको जाति, भाषा र धर्म सम्बन्धि तथ्यांक गलत आएको भन्दै यसलाई तत्काल सच्याउन आदिवासी जनजाति महासंघले माग गरेको हो ।
तथ्यांक कार्यालयले जारी गरेको जाति, भाषा, धर्मको महलमा जातिहरूलाई फुटाएको भन्दै आदिवासी जनजाति संघ, संस्थाहरूले कानुनी व्यवस्थाअनुसार तथ्याङ्क सच्याउन र जातिभित्रको थरहरूलाई जातिको रुपमा नछुट्टाउनसमेत आग्रह गरेका थिए ।
जवाफमा प्रधानमन्त्री प्रचण्डले कानुनी व्यवस्थाअनुसार अगाडि बढ्ने उक्त तथ्यांक सच्याउने प्रतिबद्धता व्यक्त गरेका थिए ।
‘कानुनी व्यवस्था के छ, त्यस बारेमा पनि म बुझ्छु । यसको विषयमा मलाई पनि जानकारी छैन । तथ्यांक कार्यालयका सम्बन्धित अधिकारीहरूलाई बोलाएर म कुरा गर्छु’, प्रधानमन्त्री प्रचण्डलाई उद्धृत गर्दै जनजाति महासंघका महासचिव दिवस राईले भने, ‘कतिपय जातिभित्रका थरहरूलाई जाति बनाउनु हुँदैन, त्यसले विभाजन ल्याउँछ भन्ने कुरामा म पनि कन्भिन्स छु । यसबारेमा सत्य, तथ्य बुझेर सच्याउन लगाउँछु ।’
जनगणनामा गुरुङ जातिबाट घले, मगर जातिबाट पुन छुट्टाएको छ भने राई जातिलाई धेरै टुक्रामा विभाजन गरेको छ । यो कुरा कानुनसम्मत हुनुपर्ने माग आदिवासी जनजातिहरूले गर्दै आएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button