धर्म निरपेक्षताको पक्षमा उभिन्थे नेता सुवासचन्द्र निम्वाङ

भदौ २६ ।।
नेपालको नयाँ संविधान बनाउन संविधानसभाको दुई पटक नेतृत्व समालेका नेता सुवास चन्द्र निवाङ्ग संधै धर्म निरपेक्षताको पक्षमा उभिनुहुन्थ्यो । राजनीतिमा उच्च छवि बनाएका नेता निवाङ्गले देशमा सबै जाति भषा र धर्ममा आस्था राख्ने मानिहरु मिलेर बसेको चाहुनुहुन्थ्यो ।


नेता निवाङ्गले कुनै सार्बजनिक कार्यक्रममा मन्तब्य राख्नेक्रममा आफूलाई धेरैले ख्रीष्टियन नेता भनेर आरोप लगाएको गुनासो पोख्नुहुन्थ्यो । सबै धार्मिक समुदायको पक्षमा बोल्ने क्रममा ख्रीष्टिय समुदायको कार्यक्रममा सहभागी भएको बेला केहि व्यक्तिहरुले आफूलाई ख्रीष्टियन आरोप लगाएको दुखेसो पोख्नुहुन्थ्यो । नेपालमा ख्रीष्टियन समुदायको लागि ख्रीष्टमस डेको दिनमा सार्बजनिक उपलब्ध गराउँन पहल गर्ने व्यक्तिको रुपमा पनि निवाङ्गलाई लिन सकिन्छ ।


शान्त र शालिन नेता निवाङ्गले आफ्नो राजनीति यात्रामा कहिले कुनै पनि जाति र भाषा धर्ममा आस्थावान समुदायमाथि आक्षेप लाग्ने अभिव्यक्ति दिनुभएको देखिदैन । राज्यको धर्म हुँदैन र राज्यले सबै धार्मिक समुदायको अधिकारलाई सुरक्षित राख्नुपर्छ भन्ने नेता निवाङ्गको अभिव्यक्ति रहन्थ्यो ।


सुवासचन्द्र नेम्वाङको जन्म २००९ फागुन २८ मा इलाम जिल्लाको सुन्तलाबारीमा भएको हो । जनताको माझमा शान्त र शालिन व्यक्तित्वको रुपमा परिचय बनाएका नेता निवाङ्गको निधन हृदयघातको कारण शिक्षण अस्पतालमा आज विहान उपचारको क्रममा भएको हो । सरकारले नेता निवाङ्गको असमायिक निधनपछि बिहिबार सार्बजनिक बिदा दिने भएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button