धर्म प्रचार होइन, संगति गर्न जाँदा बिरोध भएको हो

हरि जिज्ञासु
भदौ १८ ।। नवलपरासीको पाल्हीनन्दन गाउँपालका वडा नं. १ मा दुई जना व्यक्तिलाई धर्म प्रचार गर्दैगर्दा मोसो दलेको भन्ने सामाजिक सञ्जालको खबर सत्य नभएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जानकारी दिएको छ ।


संगतिमा जानेक्रममा स्थानीयले विरोध जनाएपछि सामन्य विवाद भएको प्रहरी निरक्षक प्रकाश भुषालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “बाहिर सामाजिक सञ्जालमा के आयो त्यो अर्काे कुरा हो तर मोसो दल्ने काम भएको छैन । सामान्य विवादलाई हामीले मिलाइसक्यौँ ।”


उनीहरुले धर्म प्रचार गरेका होइनन् संगति गर्न जानेक्रममा केहि केटाहरुले विरोध गरेको कुरा आफूले पछि थाह पाएको पाल्हीनन्द गाउँपालिका वडा नं. १ वडा अध्यक्ष चुलाही यादवले बताउनुभयो । उहाँले भन्नुभयो । “हामी सबै धार्मिक समुदाय मिलेर बस्नुपर्छ । एकले अर्काको धर्मको सम्मान गर्ने हाम्रो जिम्मेवारी हो ।”


एकले अर्काको धर्मको सम्मान गर्दै सबै जना समुदायमा मिलेर बस्नुहुन वडावासीलाई वडा अध्यक्ष चुलाही यादबले अनुरोध गर्नुभयो, “उहाँले भन्नुभयो यदि कसैले धर्म प्रचार गरेतापनि त्यसको कानूनी प्रक्रिया छुटै छ । हामी एकर्कामा विवाद गर्नुपर्ने आवश्यक छैन । धर्म सबैले आफ्नो इक्षा अनुसार स्वतन्त्रसाथ मान्न पाउनुपर्छ ।” मिलेर बसेको समाजलाई विथुल्नु भनेको धार्मिक पाप हो ।”

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button