धार्मिक द्वन्दले देश बन्दैन, देश बन्नलाई सद्भाव चाहिन्छ

हरि जिज्ञासु
नेपालमा हिँजो आज धार्मिक र जातीय हिंसा फैलाउने प्रकारका गतिविधिहरु देखा परेका छन् । धर्मलाई आफ्नो मुख्य एजेण्डा बनाएर आफूलाई नेता बनाउने सपनामा केहि व्यक्तिहरुले धर्मलाई प्रयोग गरेको देखिन्छ । धरानमा गाई काटेको विषयलाई लिएर भदौ ९ गते निशेषधाज्ञाको बीचमा पनि केहि व्यक्तिहरुले धरान सकाउने प्रकारको अभिव्यक्ति दिए । यसले के प्रष्ठ देखिन्छ भने केहि व्यक्तिहरुले धर्मलाई टेकेर आफूलाई नेता बनाउने सपना देखिरहेका छन् ।


नेपाल एउटा यस्तो हिमालयन देश हो जसलाई विश्वका धेरै देशहरुले प्रिय मान्छन् । देश पश्चिमी देशहरुको जस्तो विकासको गतिमा अगाडि बढ्न नसकेता पनि यहाँको संस्कार र संकृति विश्वका अन्य देशको तुलनामा फरक छ । अहिलेसम्म नेपाल अनेकतामा एकता छ । २०७८ सालको जनगणना अनुसार नेपालमा १४२ जातजातिको बसोबास रहेको छ । त्यसैगरी १४२ जातजातिले १० वटा फरक फरक धर्ममा आस्था राख्छन् । १२५ भन्दा बढि जातिले आफ्नो मातृभाषा बोल्ने गर्छन् ।


पछिल्लो अवस्थामा देशमा ख्रीष्टियनहरुको संख्या बढ्न थालेपछि केहि व्यक्तिहरुले चिन्ता गरेका छन् । व्यक्तिले आफ्नो चाहानाअनुसार आफ्ले चाहेको धर्ममा आस्था राख्न पाउँछ तर धेरै व्यक्तिले अरुको व्यक्तिगत विचारलाई समेत बन्देज लगाउँने अभ्यास नेपालमा गरिएको देखिन्छ । आफ्नो धर्म बचाउनको लागि हिंसा सिर्जना गरेर कहिले सफल भइदैन । बरु धर्मलाई बचाउन हिंसात्मक गतिविधि रोकेर सद्भाव कायम राख्नतर्फको चिन्ता गर्नुपर्छ ।


नेपालीहरुले जसले जुन धर्ममा आस्था राखेता पनि सबै भन्दा महत्वपूर्ण कुरा आफू नेपाली हुँ भन्ने कुरो कहिले विर्सनुहुँदैन । धार्मिक आस्था एउटा कुरा हो भने देश अर्को कुरो हो । व्यक्तिको आस्था र देशको मायालाई संगै लानु आवश्यक हुन्छ । अनेकतामा पनि मिलेर बस्न सक्नै क्षमता र सुन्दरता नेपालमा छ भन्ने सन्देश विश्वसामु दिनु नेपालको महान परिचय हो । यो महान परिचयलाई बचाई राख्न सबैले सबैको जात र धर्मलाई स्वच्छ मनले स्वीकार गर्नुपर्छ ।


हाम्रो गाउँमा तल्लो घरको अंकलले हिन्दु धर्मामा आस्था राख्छन् । पल्लो घरको मामाले धर्ममा त्यति विश्वास गर्दैनन् । माथिल्लो घरका बाजेहरुले ख्रीष्टियन धर्ममा आस्था राख्छन् । हामी सबै जना मिलेर बसेका छौँ । एकले अर्काको दुःखमासाथ दिन्छाँै । एउटालाई समस्या प¥यो भने त्यो समस्याको समाधान गर्नको लागि सबै जना लागि पर्ने गर्छौँ । त्यहाँ धर्मको कुरा आउँदैन । त्यहाँ आ–आफ्नो धर्मले सिकाएको मानवताको कुरो आउँछ । त्यसकारण हामी कहिले पनि यसले यो धर्म मान्यो त्यसले त्यो धर्म मान्यो भनेर धार्मिक सद्भाव भट्काउने कानूनी अपराध हो ।


मुलुकी अपराध सिंहिता २०७४ को परिच्छेद ९ धारा १५५. धार्मिकस्थल वा पवित्र मानिएको स्थानलाई क्षति पुर्याउन नहुनेः (१) कसैले कुनै जात, जाति, सम्प्रदाय वा वर्गको धार्मिक आस्था वा धर्मको घृणा गर्ने वा अपमान गर्ने नियतले वा सो हुन सक्छ भन्ने जानीजानी कुनै धार्मिक पूजा, प्रार्थना वा कर्म गर्ने स्थान वा पवित्र मानिएको कुनै स्थान, वस्तु, मशानघाट वा चिहानलाई हानि, नोक्सानी वा क्षति पुर्याउन वा कुनै किसिमले दुषित गर्न, बिगार्न, फोहरमैला गर्न वा यस्तै अन्य कार्य गर्न हुँदैन ।(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँँसम्म जरिबाना हुनेछ । कानूनीरुपमा उल्लेख छ ।


कानूले पनि कसैको धार्मीक आस्थामा खलल पुग्ने प्रकारको बेवाहार गर्ने व्यक्तिलाई ती वर्षसम्म कैद र तीस हजार रुपैँयाँसम्म जरिवान तोकेको छ । यदि धार्मीक व्यक्तिहरुले कसैको आस्थामाथि खलल पुग्ने प्रकारका व्यवहार गर्छ भने उसले आस्था राखेको धर्मले उसलाई के सिकाउँछ भन्ने विषय सोचनीय विषय हो । एउटा धार्मिक व्यक्तिले अरुको कुभलो चाँहानुहुदैन । सबैलाई सम्मान गर्नुपर्छ । सद्भाव कायम राखिराख्नुपर्छ भन्ने समेतको ज्ञान हाँसिल गर्न सक्दैन भने त्यसलाई धार्मिक व्यक्ति नै मान्न सकिदैन ।


एउटा समाजशास्त्री रोस्टोले भनेका छन्, “गलत संस्कार र संस्कृति देश विकासको लागि हानिकारक छ ।” समाजशास्त्री रोस्टोले भनेजस्तै पश्चिमी देशहरु र दक्षिण एसियाको देशको तुलना गर्दा केहि मिल्न जान्छ । दक्षिण ऐसिया संस्कार र संस्कृतिमा धनी छ तर विकासको तुलना गर्ने हो भने अन्य राष्ट्रहरुको तुलनामा माथि उठ्न सकिरहेको छैन । हामीले आस्था राखेको धर्मभित्र पनि धेरै गलत संस्कारहरुले जरो गाडेर बसेका छन् । हामीले अलि धेरै हाम्रो संस्कार र संस्कृतिलाई गहिरोतरिकाले लिएको कारण विकासको गतिमा फट्को मार्न नसकेका हौँ कि जस्तो लाग्छ । आफ्नो संस्कार र संस्कृति बजाउनको लागि एक अर्काबीच लड्न भिड्न थालेमा त झन् देशमा विकास हुने कुरै भएन । विकास हुनको लागि त सामाजिक सद्भाव र अनेकतामा एकता हुनु आवश्यक छ ।


नेपालमा जातीय, धार्मिक, लैङ्गीक र बर्गीय विभेदहरु मानव मस्तिस्कमा स्थापित भएका छन् । स्थापित भएका यी विभेदहरु देश विकासको सबै भन्दा ठूलो बाधक हो । यस्ताप्रकारका विभेदहरुमा व्यक्तिको जातमात्र ठूलो हुन्छ । उसको धर्म र संस्कृति मात्र ठूलो हुन्छ । उसको लागि देश कहिले ठूलो हुँदैन । विकास कहिले ठूलो हुँदैन । त्यसकारणले हामीले यस्ता प्रकारका विभेदहरुको अन्त्य गरेर अनेकतामा एकताको सन्देश समाज र देशमा दिनुपर्छ । सामाजिक सद्भाव र धार्मिक सद्भावले मात्र देश बन्छ । कसले कुन धर्म मान्यो भनेर सोच्दै बस्ने र हिंसा भट्काउन थालेमा देश सखाप हुन्छ । नत देशमा धर्म रहन्छ न त देश नै रहन्छ ।


पछिल्लो अवस्तामा देशका जिम्मेवारी निकायका व्यक्तिहरुदेखि लिएर धेरै व्यक्तिहरुले देशमा ख्रीष्टयनहरु बढेको चिन्ता गरेका छन् । ख्रीष्टियन बढ्नुको कारणलाई उनीहरुले विदेशी डलरमात्र देख्छन् । वास्तवमा गहिरो रुपमा अध्ययन गर्ने हो भने मान्छेले धार्मिक परिवर्तन मात्र नभएर जीवन परिवर्तन गर्न चाहान्छ । धेरै कारणहरु मध्येमा जातिय विभेद पनि एक हो भने अन्य थुर्पै कारणहरु पनि छन् । जसले ख्रीष्टियन हुनको लागि उत्साहित गर्छ । आर्थिक रुपमा अभावमा रहेकाहरुले मात्र धर्म परिवर्तन गरेका छन् भन्ने गलत हो । किनकि यहाँ मान्छेले विचारले ख्रीष्टियन आस्थामा विश्वास गरेका छन् ।


हामी पछिल्लो पुस्ताले देशको रुपान्तरणको लागि काम गर्न अग्रसर हुनुपर्छ । कसले कुन धर्ममा आस्था राख्यो । धर्मको विषयलाई लिएर विभाद गर्नुहुँदैन । व्यक्तिको व्यक्तिगत विचार र आस्थाको जिम्मा लिने कार्य हामीले कहिले पनि गर्नुहुँदैन । किनकि यस्तो कार्य गर्नुले देशलाई फाइदा हुँदैन । त्यसकारण चाहे हिन्दु, बुद्धिष्ट, मुस्लिम जसले पनि आफ्नो धर्मलाई टेकेर राजनीति गर्न खोज्छ भने त्यस्ता व्यक्तिबाट हामी सजक हुनुपर्छ । हामी पविर्तनकारी व्यक्तिहरु हो । धर्मको विभादले देश बन्दैन । देश त धार्मिक सद्भावले बन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button