धार्मिक सद्भावको लागि मधेस प्रदेशमा अन्तरक्रिया

असोज १७, महोत्तरी ।। केहि महिना यता धार्मिक तथा सामाजिक सद्भाव खलबलिने प्रकारका गतिविधि बढेपछि समाधानको लागि गृहमन्त्री नारयणकाजी श्रेष्ठको सहभागितामा समसामायिक सुरक्षा सम्बन्धि प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।


मधेस प्रदेशको महत्तोरीमा आयोजित कार्यक्रममा विभिन्न धार्मिक समुदायका धर्मगुरु र मधेस प्रदेशका सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी ज्यूहरुको सहभागीतामा अन्तरक्रिया कार्यक्रम गरिएको हो ।


गृहमन्त्रालयले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सुरक्षा र चुनौतीको विषयमा धार्मिक अगुवा सहित विभिन्न राजनीतिक दलका नेताहरुले आफ्नो धारणा राख्नुभएको छ । धार्मिक अगुवाहरुले आफ्नो समुदायमा भएका घटनाहरुलाई उल्लेख गर्दै सामाजिक सद्भाव कायम राख्न पहल गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ ।


ख्रीष्टियन समुदायको तर्फबाट मधेस प्रदेश ख्रीष्टियन समाजका कार्य समिति सदस्य रामप्रसाद घिमिरे प्रतिनिधिको रुपमा अन्तरक्रिया कार्यक्रममा सहभागी हुनुभएको थियो । प्रतिनिधि रामप्रसाद घिमिरेले ख्रीष्टियन समुदायमा रहेका विभिन्न समस्याहरुको विषयमा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ध्यानाकषर्ण गराउनुभएको छ ।


ख्रीष्टियन समुदायको चर्च भवनमा भएका आक्रमण, ख्रीष्टियन समुदायप्रति लगाइएका अनेक आरोप, ख्रीष्टियन समुदायको लागि अति आवश्यक समाधिस्थल लगायतको विषयमा प्रतिनिधिको रुपमा सहभागी रामप्रसाद घिमिरेले ध्यानाकर्षण गराउनुभएको छ ।

मधेस प्रदेशका विभिन्न जिम्मेवारी निकायहरुको सहभागिता रहेको अन्तरक्रिया कार्यक्रममा सहभागी हुनुभएका गृहमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रिय एकता र धार्मिक समुदाय बीचको सामाजिक सद्भाव आजको आवश्यकता रहेको बताउनुभएको छ । उहाँले राष्ट्रिय एकता र धार्मिक सद्भाव खलल पुग्ने कुराहरुमा कुनै पनि सम्झौता नहुने समेत प्रष्ठ पार्नुभएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button