धार्मिक सद्भाव नविथोल्न अन्तरधार्मिक शान्ति महासंघको आह्वान

भदौ ८, काठमाण्डौँ ।
विगत केहि समय देखि धरानमा मन्दिर र सो क्षेत्रमा चर्च बनेको विषयलाई लिएर बिवाद सीर्जना भएपछि अन्तरधार्मिक शान्ति महासंघले एकले अर्काको अस्तित्व स्वीकार गरी वार्ता र संवादबाट समस्याको समाधान गर्नुपर्ने बताएको छ ।


अन्तरधार्मिक शान्ति महासंघले सबै धार्मिक समुदायका अनुयायीहरु मिलेर बसेको अवस्थामा धार्मिक सद्भाव बिथोल्ने जस्ता क्रियाकलाप बन्द गर्न आह्वान गरेको छ ।


शान्ति महासंघले शुक्रबार प्रेस विज्ञप्ति मार्फत आफ्नो संस्था अन्तरधार्मिक शान्ति महासंघ एकै मञ्चमा भेला भई समाजमा धार्मिक सहिष्णुता र सद्भाव कायम राखि राष्ट्रमा शान्ति स्थापना र प्रवद्र्धन गर्ने कार्यमा प्रतिवद्ध रहेको बताएको छ ।


अन्तरधार्मिक शान्ति महासंघले धरानमा चर्च र मन्दिर बीचको बिवादको समस्याको विषयमा विज्ञिप्तिमा भनेको छ, “दुबै आस्थाका अनुयायीहरुमा र सम्वन्धित सरोकारवालाहरु विच आपसी सद्भाव र समन्वय कायम राखी वार्ता र सम्वादद्वारा एक आस्थाका अनुयायीले अर्को आस्थाका अनुयायी प्रति सम्मान र सद्भाव राख्दै विवादलाई समाधान गर्न र नेपाल बहुधार्मिक, बहुभाषिक, बहुसांस्कृतिक र बहुजातिय समुदायहरु आपसमा मिली समाजमा शान्ति कायम राख्दै आएको गौरवशाली धार्मिक सहिष्णुता र सद्भावको इतिहासलाई सारा विश्व सामु प्रदर्शित गर्न पनि हामी हार्दिक अपिल गर्दछौं ”

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button