धार्मिक स्वतन्त्रताका बारेमा छलफल
भदाै २, ललितपुर || अन्तर धार्मिक शान्ति महासंघले धार्मिक समुदायकाे हक हित तथा धार्मिक स्वतन्त्रताका बारेमा छलफल तथा अन्तरक्रिया कार्यक्रम गरेकाे छ ।
सबै धार्मिक समुदाय एकअापसमा मिलेर बस्न र एक अर्काकाे अस्तित्व स्विकार गर्नु पर्ने उदेश्यका साथ अन्तर धार्मिक महासंघले नेपालमा रहेका ६ वटा धार्मिक समुदायका धर्म गुरुकाे सहभागीतामा ललितपुरमा कार्यक्रम गरेकाे हाे ।
धार्मिक सद्भाकाे लागि ६ वटा धार्मिक समुदायका धर्म गुरुकाे सहभागीतामा सुरु भएकाे छलफल कार्यक्रम दुई दिन चल्नेछ । पहिलाे दिन सहभागी सबै धर्म गुरुले अाफ्नाे धार्मिक संस्कार अन्तरगतकाे प्रार्थनाद्वारा छलफल तथा अन्तरक्रिया कार्यक्रम सुरु भएकाे छ ।
छलफल कार्यक्रममा मानवअधिकारकर्मि, कानूनविद, पत्रकार तथा समाजसेवीहरुकाे सहभागीता रहेकाे छ ।