नमुना ख्रीष्टियन समुदायद्वारा मन्त्री प्रेमभक्त महर्जनाई बधाई
काठमाण्डौँ, २४ भदौ ।
नमुना ख्रीष्टियन समुदाय ललितपुरले बागमती प्रदेशका श्रम रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनलाई बधाई तथा शुभकामना दिएको छ ।
आइतबार ललितपुरमा एक कार्यक्रमको आयोजना गरी नमुना ख्रीष्टियन समुदायले मन्त्री महर्जनलाई बधाई तथा शुभकामना दिएको हो ।
आफ्नो क्षेत्रबाट निर्वाचित भएर मन्त्री बनेका महर्जनलाई नमुना ख्रीष्टियन समुदाय ललितपुरले उत्साह स्वरुप बधाई तथा शुभकामना दिएको नमुना ख्रीष्टियन समुदायका अध्यक्ष पास्टर पदम पराजुलीले जानकारी दिनुभयो ।
पास्टर पदम पराजुलीले भन्नुभयो, “सामाजिक यकता र सद्भाव कायम राख्न समुदाय र राज्यका जिम्मेवारी निकाय सक्रिय हुनुपर्छ भन्ने उद्देश्यकासाथ कार्यक्रमको आयोजना गरेका हौँ । मन्त्री महर्जनले ख्रीष्टियन समुदायले भोग्नुपरेको समस्या समाधान गर्न आफ्नो तर्फबाट सहयोग गर्ने बताउनुभएको छ ।”
बधाई तथा शुभकामना कार्यक्रममा ख्रीष्टियन समुदायका अध्यक्ष प्रकाश सुब्बा, पास्टर सिमोन पाण्डे लगायत नमुना ख्रीष्टियन समुदायमा रहेका पास्टर तथा अगुवाहरुको सहभागिता रहेको थियो ।
Photos by : Rajesh panta