नयाँ करारको वर्णन (कविता)
छन्द: शार्दुलविक्रीडित
((१))
येशू नै हुनुभो मसीह सबका, मत्ती यही लेख्दछ्न्
येशू नै हुन ईश- मानव सदा ,मर्कूसले देख्दछन्
के के गर्नु भयो यसै जगतमा , लूका स्वयंले भने
यूहन्ना अघि आइ ख्रीष्ट प्रभुको, बाटो स्वयंले खने
((२))
कामै प्रेरितले गरे गजबले,फैल्यो सुसन्देश त्यो
रोमीको छ सुझाव मानव सबै, पापी अधर्मी छ जो
कोरिन्थी पहिलो बताउँछ सधैं, जाँच्ने र बाँच्ने भनि
दोस्रोले जहिले जताउँछ सबै , साँचौं र बाँटौं भनि
((३))
आत्माका फल फल्नु पर्छ जहिले भन्ने गलाती कसी
येशू नै बलियो अडान सबका, सन्देश हो एफिसी
येशूको अनुसार बाच्नु सबले ,भन्दै फिलिप्पी पनि
येशू आउनु हुन्छ झट्ट पहिलो, भन्दै छ थेस्लोनिकी
((४))
दोस्रोमा प्रभुको छ दण्ड बुझ है,भन्दै छ थेस्लोनिकी
येशू झैँ हुनु पर्छ जीवन सदा,भन्दै कलस्सी छ नि
माफी गर्दिनु पर्छ दोष सबको,आज्ञा फिलेमोनमा
हामी योग्य भएर बाँच्न पहिलो, हो यो तिमोथी मन
((५))
आज्ञा दिन्छ अगाडि बढ्न जहिले दोस्रोतिमोथी पनि
लेख्या तीतसमा छ यो ल सुन है ,होऔं सुयोग्यै भनि
येशू हुन् बलिदान एक सबका, हिब्रू यही लेख्दछ
जे जे सत्य छ खास माथि प्रभुको ,याकूबले देख्दछ
((६))
पैलो पत्रुस लेख्छ धीर रहने ,विस्वासमा सर्वदा
दोस्रो पत्रुस लेख्छ फेरि सब नै ,होला नयाँ पर्खदा
यूहन्ना पहिलो बताउँछ सधैं , स्विकार पापै अनि
दोस्रो भन्दछ सत्यता छ प्रभुमा ,उद्दार मिल्ला भनि
((७))
तेस्रोले अनुरोध गर्छ सबमा, राम्रा कुरा पक्रने
विस्वासी बलियो भएर जिउने , अर्ती यहूदा दिने
भावी दर्शन हो प्रकाश प्रभुको , होला अवस्यै भनि
यूहन्ना दिँदछ्न् बयान यसको, निर्ढुक्क आफैं बनि