नयाँ करार नेपाली भाषामा अनुवाद गरेर गुन लगाउने विलियम केरी

Arjun Doulos

विलियम केरी ई.सं. १७६१ अगस्ट १७ मा बेलायतमा जन्मेका थिए। उनी व्यावसायिक रूपमा जुत्ता सिउने गर्दथे। तर जुत्ता सिउँदै गर्दा उनले बाइबल पनि साथै राखी पढथे । आफ्नो काममा व्यस्त रहँदा उनले बेलायत देखि बाहिरका मानिसहरू अर्थात् युरोपदेखि बाहिरका मानिसहरूबारे सोच्दथे । उनको मनमा एउटा प्रश्न आउँदथ्यो, “के बेलायत बाहिरका मानिसहरू बाँचेका छन् त ?” इ.स १७६५ मा व्याप्टिस्ट सेवकहरूको एउटा सम्मेलनमा उनले एउटा प्रस्ताव पेश गरे कि नबाँचेका मानिसहरूलाई बचाउन केही कदम उठाउन जरूरी छ । तर उनको प्रस्तावको खण्डन गर्दै उनका वरिस्ठ पास्टर जोन रेल्याण्डले भने “बस, जवान मानिस, जब परमेश्वरले ती नबाँचेकाहरूलाई बचाउन चाहनुहुन्छ, उहाँले म तिमी विना नै सो गर्नुहुनेछ ।”

यसको प्रत्युत्तरमा उनले केही भन्न सकेनन् । तर ई.सं.१७९२ मा एउटा लेखद्वारा उनले यसको पुग्दो जवाफ दिए। पाँच वटा बुंदामा उनले आफ्नो जवाफ लेखे । उनको लेखको नाम यस प्रकार थियो: Enquiry into the obligations of Christians to use means for the Conversion of the Heathens.” पहिलो बुँदामा उनले यसरी लेखे: “हाम्रा प्रभु येशूले उहाँको राज्य आओस् र उहाँको इच्छा यस धर्तीमा पूरा होस् भनी प्रार्थना गर” भन्नुभयो । तर यो प्रार्थनामा मात्र सीमित राख्ने हो वा आफ्नो कर्तव्य सम्झी कदम पनि चाल्ने हो ? उनले पहिलो बुँदामा महान् आज्ञा पहिलो शताब्दीमा त पूरा भएको थियो । तर मिसनरी जोस, प्रेरितहरूसंगै बिलाएर गयो भनी लेखे । दोस्रो बुँदामा उनले मिसनरी युग प्रेरितहरूसँग बिलाएर गएन भनी लेखे । तर सन्त पावलदेखि लिएर अठारौं शताब्दीसम्म मिसनको काम कसरी भयो सो उल्लेख गरे ।

सुसमाचार युरोपभरि फैलिएको, क्याथोलिक जेसुइट्सहरूले एसियामा गरेका काम, एलियटले दक्षिण अमेरिकामा गरेका काम, जीम जोन वेस्लीले वेस्ट इन्डिजमा गरेका कामबार लगायत व्याख्या गरेका थिए । तेस्रो बुँदामा उनले संसारको जनसङ्ख्याको सर्वेक्षण गरेका छन् । यसमा विलियम केरीले युरोप बाहिरका प्रायःजसो मानिस अखीष्टियन (Pagans) देखे । उनको आकडाअनुसार ४२ करोड अइसाईहरू, १३ करोड मुसलमानहरू, १० क्याथोलिकहरू र ४ करोड प्रोटेस्टेन्टहरू देखे। त्यस्तैगरी ३ करोड अर्थोडक्सहरू । उनले यसलाई ठूलो चुनौतीको देवो अध्यायमा यी मानिसहरूलाई सुसमाचार नसुनाउँदा हुन सक्ने पाँच कारक खतराहरू बारे बताए: दुरी, भाषा, असभ्यता, मारिने डर, साधन र स्रोतको अभाव छ तर उनले लेखे

सुसमाचार काे लागि सेवकहरू र परमेश्वरका जन भएकाले उनीहरूले नाई भन्ने किन? यसपछि यशैया ५४:२-४ बाट उनले आफ्नो विश्वप्रसिद्ध प्रवचन वाचन गरे, परमेश्वरबाट महान् कुराको आशा गर: परमेश्वरका निम्ति महान् काम गर ।” भारतमा काम गर्नाका लागि उनी केही साथीहरूसहित सपरिवार ई.सं. १७९३ कलकत्ता (हाल कोलकोता) आइपुगे । व्याप्टिस्ट मिसनरी सोसाइटी अन्तर्गत रहने गरी उनीहरू यहाँ आएका थिए । केरीका योगदानहरू आफ्नो समुद्र यात्रा क्रममा नै बङ्गाली भाषा सिकेका विलियम केरीले धेरै भाषाहरूमा स्नातकोत्तर डिग्री गरे । हिन्दी, संस्कृत, मराठी, बङ्गाली भाषामा स्नातकोत्तर गरी बहुमुखी प्रतिभाका धनी केरीले यी भाषाहरूमा प्राध्यापनसमेत गरे । आफूले कमाएको पैसाबाट उनले सुसमाचारका पर्चाहरू छापे । उनको आफ्नै छापाखाना भएकाले झन्डै ४० वटा भाषामा असङ्ख्य बाइबल एवं पुस्तक-पुस्तिका र पर्चाहरू छापे ।

अझ ई.सं. १८२१ मा उनले नेपालीमा समेत नयाँ करार बाइबल छापे, जो नेपाली जगतकै प्रथम पुस्तक मानिन्छ । भारतवर्षबाट सती प्रथा हटाउन केरीले ठूलो योगदान पुयाए। सेराम्पुरमा एउटा मिसन पनि खोले र सेराम्पुर कलेज ई.सं. १८१८ मा स्थापना भयो, जस अन्तर्गत अहिले झन्डै ४५ वटा कलेजहरू वा सेमिनरीहरू आबद्ध रहेका छन्। यस पुस्तकका लेखक आफै पनि विलियम केरीद्वारा स्थापित सेराम्पुर कलेज (हाल विश्वविद्यालय) अन्तर्गतकै युनियन बिब्लिकल सेमिनरी स्थापना गरेको छ। त्यसबाहेक उनले अनाथालय र अस्पतालहरू समेत निर्माण गरे । झन्डै ३० वर्ष जति त उनले प्राध्यापन मात्र गरे । विलियम केरीले एकपल्ट पनि आफ्नो देश नफर्की ४१ वर्षसम्म अनवरत रूपमा भारतवर्षमा काम गरे ।

आधुनिक मिसनका पिता, (Father of Modern Missions) पदवी पाएका विलियम केरी ई.सं. १८३४ जुन ९ मा प्रभुमा सुत्नु भयो । श्रोतहरु १) Foster, John. Serback and Recovery New Delhi: ISPCK, 1994. २) Foster, John. The first Advance New Delhi: ISPCK, 1994. ३) Hedlund, Roger. Roots of the Great Debate in Mission, Bangalore: Theological Book Trust, 1997. ४) Hrangkhuma, E. An Introduction to Church History Bangalore: Theology Book Trust, 1996. ५)https://en.m.wikipedia.org/wiki/William_Carey_(missionary) ६.) दिलबहादुर तामाङ,ख्रीष्टिन मण्डली ईतिहास,२००३ ७)Chatterjee, Sunil Kumar. William Carey and Serampore, Calcutta, Ghosh publishing concern, 1984. ८)Potts, E. Daniels. British Baptist Missionaries in India 1793–1837: The History of Serampore and its Missions. Cambridge: University Press, 1967.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button