नाइजेरियामा आतंकारीहरुले कम्तिमा ३० जना ख्रीष्टियनहरुलाई अपहरण
असोज २५ (काठमाण्डौँ)
नाइजेरियाको दक्षिणी कादुना राज्यमा गत शनिबार आतंककारीहरूले ३० भन्दा बढी इसाईहरूलाई अपहरण गरेको स्थानीय बासिन्दाले बताएका छन् ।
आक्रमणकारीहरूले शनिबार बिहान ११ बजेतिर क्रिस्चियनहरूलाई बन्दुक देखाएर अपहर गरेका थिए । ३० जना इसाईहरुले चिकुरी काउन्टी, चिकुरीमा एउटा साम्प्रदायिक फार्ममा काम गरिरहेका बेला आतंकारीहरुले अपहरण गरेका बताइएको छ ।
अर्का बासिन्दा डोगारा पिटरले खेतमा काम गर्ने क्रममा अपहरण गरिएकामध्ये आफ्नो आमा र बहिनी पनि रहेको बताएका छन् । उनले चिकुरी ख्रीष्टियन समुदायको निम्ति प्रार्थना गर्दिन समेत अपिल गरेका छन् ।
“आतंकवादीहरूले हाम्रा ३० जना क्रिस्चियनहरु समुदायका व्यक्तिहरुलाई स्थानीय माइकुडीको फार्ममा काम गरिरहेका बेला अपहरण गरेको पिटरले नाइजेरियाको मर्निङ स्टार न्यूजलाई बताएका छन् ।
“अपहरकारीले ३० जनालाई अपहर गर्दा उनीहरु २४ घण्टा वितिसक्दा पनि सम्पर्कमाए आएका थिएनन् । पिटरले यस्तो प्रकारको घटनाले आफ्नो समुदायमा अन्यवलता छाएको दुखेसो पोखेका छन् ।
ख्रीष्टियन समुदायका पिटरले आफ्नो मान्छेहरुलाई बचाउनको लागि प्रहरी, अन्य सुरक्षा निकाय र नाइजेरियाली सरकारमा रहेको बताउँदै उनले बन्दी बनाएकाहरूलाई उद्धार गर्न समेत अपील गरेका छन् ।