नुवाकोटमा ख्रीष्टमस शुभकामना आदन—प्रदान तथा संस्कृतिक कार्यक्रम हुने
नुवाकोट, १९ मंसिर ।। नुवाकोटको लिखु इसाई समाज,एकता उपवास टिम नेपालको आयोजनामा ख्रीष्टमस शुभकामना आदनप्रदान तथा संस्कृतिक कार्यत्रलम हुने भएको छ ।
प्रभु येशूको जन्मोत्सवको शुभकामना बाँढ्ने उद्देश्यले मंसिर ३० गते लिखु—६ छहरेको होटल हिमचुली प्राङगणमा ख्रीष्टमस शुभकामना आदन—प्रदान कार्यक्रमको आयोजना गरेको आयोजक समितिले जानकारी दिएको छ ।
ख्रीष्टमस शुभकामना आदन—प्रदान कार्यक्रममा प्रमुख वक्ताको रुपमा ज्ञानेश्वर चर्चका पास्टर सिमोन पाठक रहने आयोजक समितिले जानकारी दिएको छ । कार्यक्रममा स्थानीय जनप्रतिनीधि र स्थानीय पास्टर अगुवाहरुको समेत अतिथिको रुपमा सहभागी रहेन छ ।
संसारको मुक्तिको लागि जन्मुनुभएका प्रभु येशूको ख्रीष्टको जन्मोत्सवको अवसरमा हर्सोल्लासकासाथ मनाइने कार्यक्रममा मनोरञ्जनको लागि कलाकार एलिना बास्कोटा (उडी—उडी चुप्पा) को पनि प्रस्तुती रहनेछ ।
ख्रीष्टमसको अवसरमा आयोजित उक्त कार्यक्रममा सहभागी हुन सबैलाई आयोजक समितिले आह्वान समेत गरेको छ ।