नुवाकोटमा बृहत ख्रीष्टमस शुभकामना आदन–प्रदान कार्यक्रम

नुवाकोट, ३० मंसिर ।। नुवाकोटको लिखु गाउँपालिका–६ छहरेमा बृहत ख्रीष्टमस शुभकामना आदन–प्रदान तथा संस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।


लिखु इसाइ एकता समाज र एकता उपवास टिम नेपालको संयुक्त आयोजनामा आइतबार आयोजित ख्रीष्टमस शुभकामना आदनप्रदान कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंङ लामाको प्रमुख आथित्यता रहेको थियो ।


मुख्य मन्त्री लामाले ख्रीष्टमसको अवसरमा शुभकामना दिदैँ, संविधानले आफ्नो धर्म मान्न पाउने अधिकार सुनिश्चत गरेकोले धर्म निगाहको रुपमा नरहेको बताउनुभयो । मन्त्री लामाले भन्नुभयो, “पञ्चायतकालमा ख्रीष्टियनहरुलाई धेरै सताईने गथ्र्यो, पजान्त्र र लोकतन्त्रपछि संविधानले धार्मिक स्वतन्त्रता र धर्म निरपेक्षता स्थापित भएपछि सबैले आफ्नो धर्म मान्न पाउने व्यवस्था रहेको छ ।”


त्यसैगरी ख्रीष्टिमसको अवसरमा शुभकामना आदन प्रदान कार्यक्रमा विशेष अतिथिकारुपमा रहेका माननीय रमेश महतले पनि संविधानले आफ्ना इच्छा आएको धर्म मान्न पाउने अधिकार सु्निश्चत गरेकोले स्वाभिमानकासाथ आफ्नो धर्मको अभ्यास गर्न आग्रह गर्नुभयो । कार्यक्रममा नुवाकोट इसाई समाजका अध्यक्ष रेभ. पास्टर शेलवन तामाङ, लिखु गाउँपालिका अध्यक्ष धुर्व श्रेष्ठ, गाउँपालिका उपाध्यक्ष, राजनीतिक दलका पालिका अध्यक्षहरु र वडा अध्यक्षहरुले ख्रीष्टमस शुभकामनाका साथ आफ्नो मन्तव्य राख्नुभएको छ ।


शुभकामना आदनप्रदान कार्यक्रममा राष्ट्रीय कलाकारको रुपमा स्थापित एलिना बास्कोटा (ुसान्नानी) ले पनि आफ्नो प्रस्तुति राख्नुभएको थियो । लिखु इसाई एकता समाजको आयोजना आयोजित ख्रीष्टमस शुभकामना आदन–प्रदान तथा संस्कृतिक कार्यक्रमको सभाध्यक्ष पास्टर पत्रुस राईको रहेको थियो भने कार्यक्रमको सहजिकरण पास्टर सुवास परियारले गर्नुभएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button