नेपालको मल्लकालिन राजाहरुले मन पराएको ख्रीष्टियन विश्वास
हरि जिज्ञासु
नेपालको ख्रीष्टियन इतिहासलाई पल्टाउँदै जाँदा किराँता काल र लिच्छवीकाल सकिएपछि उदाएको मल्लकालमा ख्रीष्टियन मिशनरीहरुको नाम भेटिन्छ । जसले नेपालका नागरिकहरुले परमेश्वरको सुसमाचार सुनाउन चाहान्थे । उनीहरु नेपालीहरुको आत्मा बाँचेको चाहान्थे ।
नेपालका मल्लकालिन राजाहरु ख्रीष्टियन मिशनरीहरुप्रति सकारात्मक थिए । उनीहरुले विदेशी मिशनरीहरुलाई नेपालमा पाहुनाको रुपमा स्वागत गर्थे । पादरीहरको ख्रीष्टियन विश्वासमा मल्ल राजाहरुलाई खासै आपत्ती थिएन । ४ वर्षको यात्रापछि नेपाल पुगेका मिशनरीहरुलाई मल्लकालमा कुनैपनि धरपकट थिएन । मल्लराजाहरुले मिशनरीहरुलाई मन पराएको देखिन्छ ।
सन् १६२८ मा नेपालको मल्लकालिन राजा लक्ष्मिनरसिंह मल्ल थिए । त्यहि समयमा पर्चुगलबाट फादर जेसुइट जुवान बार्वल मिशनरीको रुपमा नेपाल प्रवेश गरेको कतिपय इतिहासकारहरुको लेखमा भेटिन्छ । राजा लक्ष्मिनरसिह मल्लले त्यतिखेर ताम्रापत्रमा इसाई विश्वास मानिसहरुको बीचमा बताउन अनुपति दिएको बताउछन् ।
त्यसैगरी सन् १६६१ म बेल्जियन पादरी अल्वर्ट डी र अष्ट्रिेलिनय जोहान गर्वर पनि नेपाल आएर सुसमाचार तथा नेपालको स्वास्थ्य क्षेत्रमा काम गरेको कुरा पनि इतिहासमा भेटाउन सकिन्छ । यी पादरीहरु भने नेपालमा धेरै लामो समयसम्म नबसेको पाईन्छ ।
राजा लक्ष्मिनरसिंह मल्लका छोरा प्रताप मल्ल कान्तिपुरका राजा थिए । उनको शासनकाल बि.सं १६९८ देखि १७३१ सम्म रह्यो । उनी मल्ल वंशका सबै भन्दा सक्तिशाली राजा थिए । उनले ३३ वर्ष शासन चलाएका थिए । राजा प्रताप मल्ल पाटनको राजा हुँदा उनको सम्बन्ध सात समुन्दर पारीबाट आएका मिशनरी ग्रोबरसँगको सम्बन्ध राम्रो थियो भन्ने विकिपिडियामा उल्लेख गरिएको छ । राजा प्रताप मल्ललाई मिशनरी ग्रोबरले दुर्बिन उपाहार दिएको पनि उल्लेख गरिएको छ ।
उपत्यकामा काठमाण्डौँ जसलाई त्यतिखेर कान्तिपुर भनिन्थ्यो । कान्तिपुर, भत्तपुर र ललितपुरमा छुट्टाछुटै मल्लराजाहरुको शासन थियो । मिशनरीहरुले तीन वटै राज्य संञ्चालक राजाहरुसँग राम्रो सम्बन्ध थियो । र उनीहरुले नेपालको स्वास्थ्य क्षेत्रमा ठूलो काम गरेका थिए । तर धेरै इतिहासविदहरुले मिशनरीहरुले नेपालमा गरेका सकारत्मक कार्यका त्यति महत्व दिएर लेखेको भेटिदैन ।
मल्लकालिन समयमा विदेशी मिशनरीहरुले नेपालमा हैजा फैलिएको समयमा औषधी उपचारको काम गरेको कुरा कतिपय इतिहासविदहरुले लेखेका छन् । महारीरुपमा फैलिएको हैजाको न्यूनिकरण पादरीहरुले गरेको कुरा उल्लेख गरेका छन् । मल्लराजाहरुलाई मिशनरीहरुले औषधी दिन्थेँ र जनतालाई निशुल्क उपचार गर्ने गर्थे । नेपालको स्वास्थ्य क्षेत्रमा पनि मिशनरीहरुको ठूलो योगदान रहेको छ ।
त्यसैगरी नेपालको अन्तिम राजा भनेर रनजीत मल्ललाई चिनिन्छ । उनी भक्तपुरका राजा थिए । रनजित मल्ल इ.सं १७६२ मा भक्तपुरको राजा भएको ममयमा इटलीको रोमबाट क्यापचियन पादरीहरु नेपालका आएको इतिहास छ । उनीहरुले पनि नेपालको स्वास्थ्य क्षेत्रमा काम गरेका थिए । विदेशी मिशनरीहरुले नेपालीहरुलाई स्वास्थ्य र शिक्षामा बलियो बनाई परमेश्वरको सुसमाचार सुनाएर आत्मा बाँचेको चाहान्थे ।
क्यापिचन मिशनरीहरुले नेपालमा स्वाथ्य सेवा संगै अन्तिम मल्लकालिन राजा रनजितमल्लको पालमा परमेश्वरको सुसमाचार सुनाएको कारण ५४ जना नपालीहरुले विश्वास गरेको इतिहास छ । तर अन्तिम मल्लकालिन राजा रन्जित मल्लको समयमा यति नै ख्रीष्टियन थिए भनेर धेरै इतिहासविदहरुको लेख पढ्दा एउटै तथ्य भेटिदैन । धेरैको लेख अध्ययन गर्दा ५४ देखि माथि र ७६ भन्दा तलको संख्यामा ख्रीष्टियन रहेको उल्लेख गरेको भेटिन्छ । वास्तविक यति संख्यामा ख्रीष्टियन थिए भन्ने भन्ने कुरा अझै एकिन छैन ।
गोरखाका राजा पृथ्वी नारायण शाहले भक्तपुरका शक्तिशाली राजा रनजित मल्ललाई आक्रमण गरिसकेपछि । पृथ्वीनाराणशाहले बिजय हात पारे । यसै समयमा रोमबाट आएका क्यापिचन पादरीहरु सहित ५७ जना इसाईहरुलाई देश निकाला गरेको कतिपय इतिहासविदहरु लेख्छन् । धेरै इतिहास विदहरुको लेख पढ्दा यो संख्या तलमाथि देखिन्छ । देश निकाला भएका इसाईहरु भारतको बेतियामा गएर बसेको पाईन्छ ।
शाहवंशीराजाको शासनकालमा नेपालमा सुसमाचार प्रतिवन्द लगाइएको थियो । राणावशीं राजाहरुले १०४ वर्षसम्म शासन चलाए । त्यतिखेर पनि नेपालमा सुसमाचारको ढोका खोलिएको थिएन । सन् १९५० सम्म नेपालमा सुसमाचार प्रतिवन्द थियो । राणकालमा भारतको दार्जिलिङमा नेपालीहरुले परमेश्वरमा विश्वास गरेका थिए र उनीहले नेपालमा सुसमाचारको ढोका खोलोस भनेर प्रार्थना गर्थे । जब राणकाल ढलेर २००७ सालमा नेपालमा प्रजातन्त्र आयो त्यसपछि नेपालमा सुसमाचारको ढोका खुलेर मानिसहरुले विश्वास गरे । पूर्बी नेपालको रक्सौल नाकाबाट डेविड मुखिया र पश्चिम नेपालको रुबैडिया नाकाबाट बर्णबास राई यी दुबै जनाले नेपालको सुसमाचारको ढोका खोल्नमा ठूलो योगदान पु¥याएको योगदान छ ।
नेपालमा वि.सं २०१७ देखि २०४६ सालसम्म ख्रीष्टियहरुलाई राज्यले विभेद गर्ने र धर्म पविर्तनको आरोपमा जेलचलान गरेको धेरै उदाहरणहरु छन् । ख्रीष्टियन समुदायले धेरै अन्याय खेप्नु परेको छ । हामीले मल्लकालिन समयका राजाहरु ख्रीष्टियन विश्वासप्रति उदारित थिए भने प्रथृवीनारायन शाह र राणकालिन राजाहरु ख््राीष्टियन आस्थाप्रति सकरात्मक थिएनन् भन्ने प्रष्ठ हुन्छ । ख्रीष्टियनहरुको सतावट नेपालमा अहिले होइन उहीलेदेखि नै रहेछ भन्न्े जान्न सकिन्छ ।