नेपालको संविधान र ख्रीष्टियन विश्वास
![](https://bolawat.com/wp-content/uploads/2023/09/hari-dd.jpg)
हरि जिज्ञासु
संविधानको धारा ४ (१) मा नेपाललाई धर्म निरपेक्ष राज्य भनिएको छ । त्यसको स्पष्टीकरणमा ‘सनातनदेखि चलिआएको धर्म संस्कृतिको संरक्षणलगायत धार्मिक, सांस्कृतिक स्वतन्त्रता सम्झनुपर्छ’ भनिएको छ । संविधानको धारा ४ (१) को व्यवस्था स्पष्टीकरणबाट नियन्त्रित छ ।
संविधानमा व्याख्या भए अनुसार संविधानको धारा ४ (१) को स्पष्टीकरणमा ‘सनातन धर्म’ उल्लेख भएकाले सनातन धर्ममात्र धर्म हो भन्ने देखिन्छ । नेपालमा दश भन्दा बढि धर्ममा आस्था राख्ने मानिसहरुको बसोबास छ । यहाँ सनातनदेखि चलि आएको धर्ममा आस्था राख्ने मानिसहरुको मात्र बसोबास छैन ।
संविधानको धारा २६ (३) ले ‘कसैले कसैको धर्म परिवर्तन गराउने वा अर्काको धर्ममा खलल पर्ने काम वा व्यवहार गर्न वा गराउन हुँदैन र त्यस्तो कार्य दण्डनीय हुनेछ’ भन्छ । नेपालको संविधान भित्र धर्म निरपेक्षता समावेश गरेता पनि ख्रीष्टियन विश्वासलाई कम्जोर बनाउने प्रयास चाँहि गरेको देखिन्छ । अहिले सम्म ख्रीष्टियन समुदायले कुनै पनि धार्मिक समुदायको आस्थामाथि खलल पु¥याएको देखिदैन तर ख्रीष्टियन समुदायमाथि डलरको आरोप लगाएर आस्थाको धज्जी उठाउनेहरु प्रशस्थ छन् । सरकारले कानूनबमोजिम कार्बाही गर्दैन ।
नेपालको संविधानको धारा ३२(३) अनुसार संस्कृति, सांस्कृतिक सभ्यता र सम्पदाको सम्वर्धन र संरक्षण गर्ने हक प्रत्येक नेपाली समुदायलाई छ । ख्रीष्टियन समुदायले आफ्नो जातिको भाषा र संस्कारलाई बचाईराखेको देखिन्छ । ख्रीष्टिमस लगायत ईस्टर जस्ता पर्वहरुमा नेपाली ख्रीष्टियनहरुले आ आफ्नो जातिको पहिचान सहितको नृत्य तथा भेषभुषा प्रस्तुत गरेको हामीले देखेका छौँ । अनी संविधान निर्माताहरुलाई ख्रीष्टियनहरुले नेपाली संस्कारको निमुठ्यान पार्छन भन्ने चिन्ता छ ।
मुलुकी अपराध संहिता २०७४ परिच्छेद ९ को धर्म सम्बन्धी कसूर १५५. धार्मिकस्थल वा पवित्र मानिएको स्थानलाई क्षति पुर्याउन नहुनेः (१) कसैले कुनै जात, जाति, सम्प्रदाय वा वर्गको धार्मिक आस्था वा धर्मको घृणा गर्ने वा अपमान गर्ने नियतले वा सो हुन सक्छ भन्ने जानीजानी कुनै धार्मिक पूजा, प्रार्थना वा कर्म गर्ने स्थान वा पवित्र मानिएको कुनै स्थान, वस्तु, मशानघाट वा चिहानलाई हानि, नोक्सानी वा क्षति पुर्याउन वा कुनै किसिमले दुषित गर्न, बिगार्न, फोहरमैला गर्न वा यस्तै अन्य कार्य गर्न हुँदैन ।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँँसम्म जरिबाना हुनेछ ।
(३) विदेशीले उपदफा (१) बमोजिमको कसूर गरे वा गराएकोे रहेछ भने उपदफा
(२) बमोजिमको कैद भुक्तान भएको सात दिनभित्र निजलाई नेपालबाट बाहिर पठाउनु पर्नेछ ।
यसरी नेपालको मुलुकी अपराध संहिताको धर्म सम्बन्धि कसूरमा ख्रीष्टियन समुदायको आस्था माथि बन्देज लगाउने प्रकारले व्याख्या गरिएको देखिन्छ । पछिल्लो समयमा ख्रीष्टियन समुदायप्रति सामाजिक सञ्जालमा अनेकन टिकाटिप्पनी भएका छन् । आस्थामाथि खलल पुग्ने क्रियाकलापहरु सामाजिक सञ्जालमा प्रशस्त भेटिन्छ तर सरकारले त्यस्ता व्यक्तिहरुलाई कानूनी कार्बाही गर्दैन ।
१५६. धार्मिक भावनामा आघात पुर्याउन नहुनेः (१) कसैले लेखेर, वचनले वा आकार वा चिह्नद्वारा वा अरु कुनै किसिमबाट कुनै जात, जाति सम्प्रदाय वा वर्गको धार्मिक भावनामा आघात पुर्याउन हुँदैन ।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई दुई वर्षसम्म कैद र बीस हजार रुपैयाँँसम्म जरिबाना हुनेछ ।
यदि सरकारले यहि कानूनलाई कार्यन्वयन गर्ने हो भने अहिलेसम्म चर्च तोडफोड गर्नेहरु सामाजिक सञ्जालमा ख्रीष्टियन समुदायलाई डलरको आरोप लगाउनेहरु । चर्च जलाउनुपर्छ र भत्काउनुपर्छ भन्नेहरु जेलमा हुन्थेँ तर सरकारले दोषिलाई कानून बमोजिम कार्बाही गर्न सकेको छैन ।
१५७. धार्मिक रीति–स्थितिमा बाधा पुर्याउन नहुनेः (१) कसैले सनातनदेखि अपनाउदै वा चली आएको अरुको धार्मिक रीति–स्थितिमा जानीजानी बाधा पुर्याउन हुँदैन ।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलार्ई एक वर्षसम्म कैद वा दश हजार रुपैयाँँसम्म जरिबाना वा दुवै सजाय हुनेछ ।
यहाँ सनातनदेखि चलिएको धर्म ब्याख्या गरेको छ । सनातनदेखि चलि आएको धर्मलाई बाधा नपु¥याउने भनेको छ । तर तलतिर अरु धार्मिक पनि जोडेको छ । अरु भनेपछि ख्रीष्टियन, मुस्लिम र शिख लगायतका धर्महरु पनि पर्छन् । अहिलेसम्म अल्पसंख्यक धार्मिक समुदाय माथि धेरै आरोप प्रतिआरोप लगाइएका छन् । ख्रीष्टियन समुदायले कहिले पनि हामीलाई अपहेलान भयो भनेर मुद्धा दर्ता गरेको देखिदैन । तर सकारले कानून बमोजिम दोषिलाई कार्बाही गर्नुपर्ने हो तर गरेको छैन ।
१५८. धर्म परिवर्तन गराउन नहुनेः (१) कसैले कसैको धर्म परिवर्तन गराउन वा सो कुराको उद्योग गर्न वा दुरुत्साहन दिन हुँदैन ।
(२) कसैले कुनै जात, जाति वा सम्प्रदायमा सनातनदेखि चली आएको धर्म, मत वा आस्थामा खलल पार्ने कुनै काम वा व्यवहार गर्न वा खलल हुने गरी कुनै प्रलोभन देखाई वा नदेखाई अन्य कुनै धर्ममा परिवर्तन गराउन वा धर्म परिवर्तन गराउने नियतले त्यस्तो धर्म वा मत प्रचार गर्न हुँदैन ।
(३) उपदफा (१) वा (२) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँँसम्म जरिबाना हुनेछ ।
(४) उपदफा (१) वा (२) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्ति विदेशी रहेछ भने त्यस्तो व्यक्तिलाई यस दफा बमोजिम भएको कैद भुक्तान गरेको सात दिनभित्र नेपाल बाहिर पठाउनु पर्नेछ ।
१५९. हदम्यादः दफा १५८ अन्तर्गतको कसूरमा त्यस्तो कसूर भएको थाहा पाएको मितिले छ महिना र यस परिच्छेद अन्तर्गतको अन्य कसूरमा त्यस्तो कसूर भएकोे मितिले तीन महिना नाघेपछि उजुर लाग्ने छैन ।
यसरी नेपालको संविधान नेपालका अल्पसंख्यक धार्मिक समुदायप्रति उदारित छैन भन्ने हामीले बुज्नुपर्ने हुन्छ । धर्म भनेको व्यक्तिको आस्था हो त्यो आस्था व्यक्तिले अवलम्बन गर्न पाउँनुपर्छ । जवरजस्ति कसैले कसैको धर्म परिवर्तन गराउँनु हुँदैन । तर व्यक्तिले आफ्नो इक्षा आएको धर्म मान्न पाउँनुपर्छ । ख्रीष्टियन समुदायप्रति बेलाबेलामा धर्म परिवर्तन गराएको आरोपमा सरकारले ख्रीष्टियनहरुलाई कानूनी कार्बाही गर्दै आएको छ । अन्य समुदायका व्यक्तिहरुले ख्रीष्टियन समुदायप्रति विभिन्न आरोप लगाउँदा पनि कानूनी कार्बाही गर्न सक्दैन । त्यसकारण नेपालको संविधान ख्रीष्टियन समुदायको लागि कम उदारित छ ।