नेपालमा इसाईहरुकाे संख्या १.७६ प्रतिशत मात्र

१९ /२०८०(माठमाण्डाैं)

नेपालमा १२ औं राष्ट्रिय जनगणनाले १.७६ प्रतिशतभन्दा बढीले शइसाई धर्म मान्ने देखाएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले
नेपालको जातजाति, भाषा तथा धर्मसम्बन्धी तथ्यांकीय नतिजा सार्वजनिक गर्दा यस्ताे देखिएकाे हाे ।

तथ्यांक विभाग कार्यालयले शुक्रबार बाँकी रहेको तथ्यांक सार्वजनिक गरेको हो । कार्यालयले गत चैत १० गते १२ औं जनगणनाको संक्षिप्त विवरण सार्वजनिक गरेको थियो ।

जसमा मुख्यत नेपालमा १० वटा धर्म मान्ने मानिसहरुको बसोबास रहेको सार्वजनिक नतिजामा उल्लेख छ ।

कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ मध्ये सबभन्दा धेरै २ करोड ३६ लाख ७७ हजार ७४४ जना (८१.१९ प्रतिशत)ले हिन्दु धर्म मान्ने तथ्यांक देखिएको छ ।

यस्तै, दोस्रोमा बौद्ध धर्म मान्ने मानिस रहेका छन् । तथ्यांकअनुसार २३ लाख ९३ हजार ५४९ जना (८.२१ प्रतिशत)ले बौद्ध धर्म मान्ने रहेका छन् ।

त्यस्तै, ५.०९ प्रतिशतले इस्लाम, ३.१७ प्रतिशतले किराँत र १.७६ प्रतिशतले क्रिष्टियन धर्म मान्ने गरेको राष्ट्रिय तथ्यांक कार्यालयको अन्तिम नतिजाले देखाएको छ ।

२०६८ को जनगणनाअनुसार नेपालमा ८१.३ प्रतिशत हिन्दु थिए भने ९ प्रतिशत बौद्ध धर्म मान्नेहरु थिए । 

See less

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button