नेपालमा जातीय विभेद न्यूनिकरणमा ख्रीष्टियन आस्थाको प्रयास

नेपाल सयौँ वर्षदेखि जातिय विभेद जस्तो अमानवीय व्यवहारबाट मस्त निन्द्रामा छ । मान्छेले मान्छेलाई नै गर्ने विभेद कम सानो विभेद होइन । नेपालमा पशुको पक्षमा आवाज उठाउने मान्छे छन् तर मान्छेको पक्षमा आवाज उठाउनु भन्दा मस्तले निदाउने मान्छे पनि छन् ।


इसाई धर्मशास्त्र बाइबलले मान्छेमा हुने विभेदकोे विरोध गर्छ । मान्छेको बीचमा हुने विभेद एउटा कुरा हो भने जातिय छुवाछुत अर्को कुरा हो । नेपाल जातिय छुवाछुतसँगै धार्मिक र वर्गीय विभेदमा विश्वका अन्य देशहरुको तुलनामा अग्रस्थानमा छ । एकजना समाजशास्त्री (रोस्टो)ले भनेका छन् विकासको सबै भन्दा ठूलो बाधक भनेको गलत संस्कृतिलाई बचाई राख्नु हो । त्यसकारण जातिय छुवाछुत एउटा संस्कार हो यसलाई अन्त नगरेसम्म देशको विकास हुनेवाला छैन ।


मानवीय चिन्तनमा ख्रीष्टियन आस्था उदारबादी छ । विश्वमा अहिले बहुसंख्यामा इसाई आस्थामा रहेका मानिसहरु छन् । जसले जातिय छुवाछुत जस्ता क्रियाकलापलाई पापको रुपमा लिन्छन् । नेपालमा मल्लकालिन समयदेखि नै सुसमाचार पुग्यो । मिशनरीहरुले नेपालमा स्वास्थ्य र शिक्षाको क्षेत्रमा काम गर्ने मौका पाएका थिए । नेपालको शिक्षा र स्वास्थ्यको क्षेत्रमा विदेशी मिशनरीहरुको ठूलो योगदान छ ।


धेरै गन्थन गर्नुभन्दा पनि हाम्रो विषयवस्तु भनेको जातिय छुवाछुत न्यूनिकरणमा ख्रीष्टियन आस्थाको प्रयास हो । नेपालमा अहिले पनि जातिय छुवाछुतको घटनाहरु बाहिर आइराख्छन् । कतिपय जिल्लाहरुमा त पानी नचल्ने र घरभित्र पस्न नदिने जस्ता घृणित क्रियाकलाप भइरहेका घटना सार्बजनिक हुन्छन् ।


यी र यस्ता घटनाहरुमा ख्रीष्टियन आस्थाको परिवारले दलित समुदायको परिवारलाई घरिभत्र पस्न दिएन भने सिंगो इसाई समुदायले नै तेसलाई इसाई मान्दैन । किनकि त्यो बाइबल बिरोधी हो । तर अझै पनि विवाह लगायतको कुराहरुमा ख्रीष्टियन समुदाय पनि विभेद गर्ने कुरामा त अछुत छैन । बेलाबेलामा अन्तराजितय विवाह गर्ने कुरामा ख्रीष्टियन समुदाय भित्रमा पनि कुन जातको हो भन्ने प्रश्न उठ्छ । जातिय विभेदको कारणले उसले विवाह रोक्ने लगायतको क्रियाकलाप ग¥यो भने त्यस्तो व्यक्तिलाई बास्तविक ख्रीष्टियन होकि होइन भन्ने विषयमा समुदायले प्रश्न उठाउँछ ।


ख्रीष्टियन समुदायको आआस्थाको केन्द्र भनेको मण्डली अर्थात चर्च हो । चर्चमा सबै जाति समुदायका व्यक्तिहरु संगै बसेर आराधना गर्नसक्छन् । चर्चमा पास्टरको रुपमा जुनसुकै जातिको व्यक्ति पनि हुनसक्छ । सबै जातजातिको बीचमा सहभोज चल्छ । सबै जाति समुदायको घरिभित्र पस्नु र संगै बसेर खानु भनेको ख्रीष्टियन समुदायको लागि सामन्य कुरामा हो । जति दुर्गम तथा विकटका गाउँहरुमा पनि ख्रीष्टियन आस्थाका व्यक्तिहरु बीचमा पानी नचल्ने भन्ने हुँदैन । यदि तेस्तो विभेद गर्छ भने त्यो ख्रीष्टियन नै होइन ।


पछिल्लो अवस्थामा आमाबुवाले गरेको क्रियाकलाप बालबालिकाले पनि सिकिरहेका छन् । यस्तो प्रकारको शिक्षाले जातिय विभेदको अन्तको लागि अभ्यास ग¥यो भने नेपालमा जातिय छुवाछुतको न्यूनिकरणको प्रयास हुनेछ । अहिले जातिय छुवाछुतको कारण धेरै दलितहरु ख्रीष्टियन भए भनेर आलोचना गरिएको छ तर त्यसो होइन सबै धार्मिक समुदायका मानिसहरुले इसाई आस्थामा विश्वास राख्दछन् ।


अब आउने दिनहरुमा पनि ख्रीष्टियन समुदाय अन्तरजातिय विवाहमा पनि उदारबादी हुनुपर्छ । यदि यस्तो प्रकारको विभेदमा उदारबादी भएन भने त्यो पनि साँचो ख्रीष्टियन होकि होइन भन्ने कुरामा प्रश्न उठ्न सक्छ । त्यसकारणले अहिले ख्रीष्टियन आस्थाले नेपालमा जातिय भेदभाव जस्ता अपराधिक क्रियाकलापको न्युनिकरणको लागि प्रयास गरिरहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button