नेपालमा सुसमाचारको ढोका खोल्ने डेविड मुखिया र रक्सौल नाकाको सम्बन्ध

साउन १६ (२०८०) ललितपुर

सन् १९३३ मा नेपाल बाहिर अर्थात दार्जिलिङ र नेपाल र भारतको सीमाना रक्सौलमा धेरै व्यक्तिहरुले नेपालमा सुसमाचारको ढोका खुलोस् भनी प्रार्थना गरेको इतिहास पोखराको रामघाट चर्च पचासौँ वर्ष पुगेको उपलक्ष्यमा प्रकाशित स्मारीकामा रहेको एउटा लेखमा उल्ल्ेख छ ।


केहि विदेशी मिशनरीहरुले रक्सौल नाकामा नेपालीहरुको उपचारकोलागि अस्पताल खोलेका थिए । मिशनरीहरुसँग बसेर रक्सौल नाकामा रोजगारीको खोजीमा भारत जाने नेपालीहरुलाई सुसमाचार सुनाउने काम डेविड मुखियाले गर्नुहुन्थ्यो । त्यहाँ नेपाली सिमाना संगति थियो भन्ने इतिहास छ ।


बेलायती नागरिक डकंन रक्सौल छोडेर बेलायत गएपछि डेविड मुखिया सन् १९४१ मा नेपाली सुसमाचारीय समुहसँग सामेल भएर भारतमा रहेका नेपालीहरुलाई सुसमाचार सुनाउन सुरु गरेको इतिहास छ । भारतमा त्यतिखेर नेपाल सुसमाचारीय समुह थियो । जसले भारतमा रहेका नेपालीहरुलाई सुसमाचार सुनाउने र उनीहरुको लागि प्रार्थना गर्ने कार्य गथ्र्यो ।

यसरी सुसमाचार सुनाउने क्रममा नेपालका बुद्धि सागर गौतमले भारतमा परमेश्वरलाई विश्वास गरेपछि उनी पनि सन् १९४७ मा नेपाली सुसमाचार समुहमा आवद्ध भएर सुसमाचार सुनाउन थाल्छन् । १०४ वर्षको लामो राणा शासन ढलेर २००७ सालमा देशमा प्रजातन्त्र आएपछि नेपालमा सुसमाचारको ढोका खुल्यो ।

केहि मिशनरीहरु सहित डेविड मुखिया, बुद्धिसागर गौतमले केहि पोखराको रामघाट भन्ने ठाउँमा पुगेर संगति सुरु गरे । नेपालीहरु धेरै विरामी अवस्थामा भएको थाह पाएपछि त्यहाँ अस्पताल पनि स्थापना भएको इतिहास छ । २००७ सालमा पास्टर डेविड मुखिया, र श्रीमती प्रेमी मुखीया, बुद्धिसागर गौतम र पतली गौतम, फिलिप गुरुङ र माईली गुरुङ, याकुव थापा र रेबिका थापाबाट नेपालको पहिचाले चर्च रामघाट चर्च स्थापना भएको इतिहास छ ।

रामघाट मण्डलीबाट धेरै ठाउँमा सुसमाचार पुग्यो । धेरै व्यक्तिहरुले सुसमाचार सुने । जब फेरि वि.सं २०१७ सालमा पञ्चायत सुरु भयो फेरि पनि नेपाली इसाई समुदायमा सतावटका वर्षहरु सुरु भएको इतिहास छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button