नेपालमा सु–समाचारको बन्द ढोका छेउमा बसेकी डा.लिली

- हरि जिज्ञासु
इतिहास र ऐतिहासिक व्यक्तित्वको नाम मेटिनु हुँदैन र मेटाउनु पनि हुँदैन । इतिहास र ऐतिहासिक व्यक्तित्वको जीवन कथाले हामीलाई केहि सिक्ने मौका मिल्छ । त्यसैले नेपालको ख्रीष्टियन इतिहास र नेपालको स्वास्थ्य सेवाको लागि कहिले नमेटिने एउटा नाम हो बेलायती नागरिक डा. लिली (प्याट) ओहानलोन ।
मल्लकालिन समयमा स्वास्थ्य सेवा र सुसमाचार बोकेर इसाई मिशनरीहरु नेपाल पुगेर स्वास्थ्य सेवा र सुसमाचार पु¥याएपनि शाहकालिन समयमा ख्रीष्टियन मिशनरी सहित नेपाली इसाईहरुलाई देशबाट निकालिएको इतिहास छ ।
पृथ्वीनारायण शाहले ख्रीष्टियनहरुलाई देशमा प्रतिवन्द लगाएपछि नेपालमा सुसमाचारको ढोका राणाकालको अन्तसम्म अर्थात २००७ सालसम्म बन्द भयो । राणाहरुले देशमा १०४ वर्षसम्म शासन चलाएका थिए । राणाहरुले नेपालमा शासन चलाउँदा भारतमा भने ख्रीष्टियनहरु थिए । मिशनरीहरुले पनि सेवाको काम गरिरहेका थिए ।
नेपालको सुसमाचार र स्वास्थ्य सेवा पु¥याउनको लागि बेलायती नागरिक डा. लिली सन् १९३६ देखि नेपाल र भारतको सिमा क्षेत्र रक्सोवल नाकामा स्वाथ्य किल्निक खोलेर बस्नुभएको इतिहास छ । रक्सोवल नाकामा नेपालमा सुसमाचारको लागि बन्द ढोका खुलोस् भन्ने प्रतिक्षामा डा लिलि १५ वर्षसम्म बस्नुभयो ।
डा. लिलि (प्याट) ओहानलोनले सिमाक्षेत्रमा हुँदा पनि नेपालीहरुलाई धेरै माया गर्ने र उनीहरुको स्वास्थ्य अबस्थाबारे बुझ्नुहुन्थ्यो । किनकि त्यतिखेर धेरै नेपालीहरुको कमाउनको लागि रक्सोल नाका हुँदै भारत जाने जाने गर्थे ।
डा.लिलीलाई नेपालको स्वास्थ्य क्षेत्रमा काम गर्ने उत्कट चाहाना थियो । त्यतिखेर नेपालको स्वास्थ्य क्षेत्रको अवस्था बिजोक थियो । राम्रो अस्पतालहरु थिएन । कुष्टरोगले मान्छेहरु ग्रसित थिए । कुष्टरोगीहरुलाई आफन्तहरुले समेत राम्रो मान्दैनथे । त्यसकारणले पनि डा. लिलीलाई नेपालमा काम गर्न उत्कट इच्छा जागेको हुनुर्छ ।
डा लिलीको निरन्तर प्रार्थनाको १५ वर्षपछि नेपालमा राणाशासन ढल्यो राजा त्रिभुवनले देशको नेतृत्व लिए । अनी राजा त्रिभुवनको आगमनसँगै देशमा राजनीति सैली समेत फेरियो । अनी नेपालमा विदेशीहरु सेवाको लागि नेपाल प्रवेश गर्न पाउँने भए ।
त्यसैले सन् १९५२ को सुरुवातमा डा.लिलीको साथीहरु पाट, हिल्डा र केहि नेपाली दाजुभाइहरु नेपाल प्रवेश गरे । उनीहरु नेपालको सिमा क्षेत्रबाट करिब ९ दिन पैदल हिडेर पोखरा पुगेको इतिहास छ ।
डा. लिलीले नेतृत्व गरेको टोली मल्लकालपछिको पहिलो ख्रीष्टियन मेडिकल टोली बन्यो । जसले पोखरामा स्वास्थ्य शिविर सुरु गरेर धेरै नेपालीहरुलाई उपचारमा सौलियत दिए । नेपालको स्वास्थ्य क्षेत्रमा आफ्नो अमुल्य योगदान पु¥याए । सुरुमा प्रिफ्याक टिनको छाप्रोमा पोखरामा स्वास्थ्य सेवा सुरु गरिएको थियो । त्यहि छाप्रोलाई स्थानीयहरुले चम्किलो धातु भनेकोले उक्त छाप्रो नै पछि शाइनिङ हस्पिटलको रुपमा नामकरण भयो र शाइनिङ अस्पतालको रुपमा चिनियो ।
त्यतिखेर डा. लिली (प्याट) ओहानलोन र उहाँका साथीहरु पोखरामा रहेका इसाईहरुको जग्गा र खरको सानो छाप्रोमा बर्षौँ वसेर स्वास्थ्य सेवा दिए । नेपालीहरुको स्वास्थ्यअ वस्था निकै नाजुक थियो । अन्य विभिन्न बिदेशी डक्टरहरु आएर पोखरामा सेवा दिन थालेपछि डा. लिलीको दर्शन पूरा भयो ।
हाल डा. लिली (प्याट) ओहानलोनले नेपालको स्वास्थ्य क्षेत्रमा देखेको सपना पुरा भएको देखिन्छ । त्यहि शाइनिङ हस्पिटल बृद्धि भएर अहिले पश्चिम नेपालको भरपर्दो र सुविधायुक्त रुपमा हरियो खर्क अस्पतालको रुपमा चिनिएको छ । डा. लिली ऐतिहासिक संस्थापक रहेको आइ.एन.एफद्धारा सञ्चालि अस्पतालहरुबाट अहिले लाखौँ नेपालीहरुले वर्षेनी उपचार पाइरहेका छन् ।
नेपालको कुष्टरोग निवारणमा आइ एन. एफ नेपालको सबै भन्दा ठूलो भुमिका छ । पश्चिम नेपालको पोखरा लगायत दुर्गम गाउँका कुष्टरोगीहरुको उपाचारमा हरियो खर्क अस्पतालले अतुलनीय योगदान छ । कुष्टरोग अन्त्य गर्ने राज्यको नितीलाई आइ.एन.एफले महत्वपूर्ण भूमिका खेलेको छ ।
photo by : Inf