नेपाली इसाई जगतमा आफ्नो पहिचान स्थापित गर्दै लाईफ मिडिया समूह

नेपाली मण्डलीलाई मिडियाको महत्व र त्यसले सुसमाचारमा पार्ने प्रभावको बारेमा लाइफ मिडिया समुहले निकै काम गर्दै आएको छ । लाइफ मिडिया समुहका सञ्चालक हुनुहुन्छ आशिष् रिजाल । सन् २०१४ देखि लाइफ मिडियाले आफ्नो काम सुरु गरेतापनि सन् २०१६ मा नेपाल सरकारमा दर्ता भइ आधिकारिक रुपमा काम गर्दै आएको छ ।


नेपाली मण्डलीहरुलाई सूचना र सञ्चारसँग जोड्दै सुसमाचार नपुगेको ठाउँमा मडियाद्वारा सुसमाचार पु¥याउने उद्देश्यकासाथ लाइफ मिडिया समुह सुरु भएको लाइफ समुहका अध्यक्ष आशिष् रिजालको भनाई छ । लाइफ समुह अन्र्तगत अहिले लाइफ, मिडिया, नेपाल गोस्पल फिल्म एकाडेमी, लाइफ रेकर्ड, लाइफ प्रोडक्सन र प्यारागण स्र्पोट छन् । यी सबैले फरक–फरक क्षेत्रमा काम गर्दै आएका छन् ।


लाइफ समुहका अध्यक्ष रिजालका अनुसार, कार्यक्रम उत्पादन, सरकारी तथा गैरसरकारी संघस्थाका डुकुमेन्ट्री, रिर्पोटिङ र नेपाली मण्डलीहरुमा मिडिया सम्बन्धि विभिन्न तालिमहरु प्रदान गर्दै आएको छ । त्यसैगरी लाइफ मिडियाले विभिन्न विद्यालयहरुमा मिडिया सम्बन्धि लालिमहरु उपलब्ध गराउँदै आएको छ । अध्यक्ष रिजालका अनुसार हालसम्म नेपालको ६० भन्दा बढी जिल्लामा लाइफले काम गरेको छ र करिब सात सयभन्दा बढी चर्च नेटवर्कसँग मिलेर काम गर्दैछ ।

अध्यक्ष आशिष् रिजाल भन्नुहुन्छ, “हाम्रो लक्ष्य भनेको नेपाली मण्डलीहरुलाई मिडिया बुजाउन्ु हो । मिडिया र चर्चको सम्बन्धलाई अझै बलियो बनाउनु हो । अहिले पनि धेरै मण्डलीहरुलाई मिडियाले सुसमाचारमा पार्ने प्रभावबारे त्यति जानकार छैन । हामी मिडियाद्वारा मानिसहरुलाई सुसमाचार सुनाउन चाहान्छौँ । मिडियाले सुसमाचार सुसमाचार नपुगेको ठाउँमा सजिलै सुसमाचार पु¥याउन सक्छ । त्यसकारण मिडिया इभान्जलिजम हाम्रो प्राथामिकतामा छ ।”


लाइफ मिडिया समुहको एउटा मुख्य थिम छ, “अनलाइनमा बिऊ छर्ने, अफलाइनमा कटनी गर्ने अनी कटनीलाई गुनाण गर्ने ।” हालसम्म लाइफ मिडिया समुहले आफ्नो मुख्य थिम अनुसार नै काम गर्दै आएको छ । हाल लाइफ मिडियाको मुख्य कार्यालयमा १३ जना कर्मचारी रहनुभएको छ भने अन्य १३ जनाले फिल्डमा रहेर काम गरिरहेका छन् । विशेषगरी नेपाली मण्डलीहरुलाई मिडियामासँग जोडेर आत्मिक जागृति र चेलापनमा समेत लाइफ मिडियाको महत्वपूर्ण भूमिका रहेको छ ।
लाइफ समुहका अध्यक्ष आशिष रिजालले फिल्म मेकिङमा ब्याचलर लेवलको अध्ययन पुरा गर्नुभएको छ भने, उहाँले मिडिया टेक्नोलोजीमा मास्टर डिग्री सकाउनुभएको छ । अध्यक्ष रिजाल भन्नुहुन्छ, “म बाल्यकादेखि नै मिडियाप्रति रुची राख्थेँ । ललितपुरको लिभिङस्टोन स्कुलमा कक्षा ६ मा अध्ययन् गर्दा नै म कथा, कविता र नाटकहरु लेख्न प्रयास गर्थेँ । बाल्यकालदेखिको रुचीले मलाई मिडिया सेवकाईमा तानेको छ ।”


मिडियाद्वारा व्यवसायीक र सेवकालाई संगै लिएर जाँदा केही जटिलता रहेको अध्यक्ष रिजालको भनाई छ । उहाँ भन्नुुहुन्छ, “नेपालमा मिडियाले भत्काएको पनि छ,सबै मिडियाले समाजमा सकारात्मक प्रभावमात्र पार्न सक्छन् भन्ने होइन । मिडियाले समाजमा नकारात्मक प्रभाव समेत पारेका छन् । नकारात्मक प्रभावलाई भत्काएर समाजमा सकारात्मक प्रभाव पार्नको लागि अलि टाइम लाग्छ । नेपाली मण्डलीहरुले अझै मिडियालाई उचित तवरले प्रयोग गर्न जानेको छैन । लाइफ मिडियाले मण्डलीलाई मिडिया बुझाउन कोसिस् गरिरहेको छ ।


छोटो समयभित्र लाइफ मिडियाले नेपालभर काम गर्नको पछाडी नेपाली मण्डलीहरुको महत्वपूर्ण भूमिका रहेको रिजाल बताउनुहुन्छ । लाइफ मिडियाले आयोजना गरेका विभिन्न तालिमहरु, कार्यक्रम उत्पादनमा नेपाली मण्डलीहरुको सक्रिय सहभागिताले आफूलाई उत्साहित तुल्याएकोमा उहाँले खुसी व्यक्त गर्नुहुन्छ । मिडियालाई प्रयोगगरी नेपाली समाजमा सकारात्मक सन्देश प्रभाव गरी देशलाई समन्वत राष्ट्रका रुपमा निर्माण गर्न सकिने लक्ष रहेको रिजालको दिर्घकालिन लक्ष रहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button