नेपाली ख्रष्टियन एकता समाज जापानको ८ औँ वार्षिक सम्मेलन
जेम्स राना
जापान , ५ असोज ।। नेपाली ख्रीष्टियन एकता समाज जापानको ८ औँ वार्षिक सम्मेलन सम्पन्न भएको छ । नेपाली ख्रीष्टियन एकता समाज जापानले जापानको नागोया इम्मानुएल चर्चमा शनिबार एक कार्यक्रमको आयोजना गरी ८ औँ वार्षिक सम्मेलन सम्पन्न गरेको हो ।
नेपाली ख्रीष्टियन एकता समाजका अध्यक्ष सागर विष्टको सभाध्यक्षता रहेको बार्षिक सम्मेलन कार्यक्रममा प्रमुख अतिथि तथा वक्ताको रुपमा तोचिकी नेपाली संगति जापानका पास्टर जोसुवा लेप्चा रहनुभएको थियो । त्यसैगरी अथितिको रुपमा ताकासिमा चापेल मण्डलीका पास्टर मेरी सातोसी, सल्लाहकार हिदेकी जिन्बो,उत्साह नेपाली चर्चका पास्टर चन्द्र कुमार खपाङ्गी, हिकारी नेपाली चर्चका अगुवा राजु नेपाली, कोवे नेपाली मण्डलीका पास्टर राजु तामाङ, टोकियो नेपाली चर्चका पास्टर ग्रान्जा,बिलिभर्स ईस्टन चर्च टोकियोका डिकन सुवास गुरुङ,उचूनेमिया मेगुमी चर्चका अगुवा प्रकाश परियार, रहनुभएको थियो ।
वार्षिक सम्मेलनमा नेपाली ख्रीष्टियन एकता समाज जापानको स्थापानकाल सन् २०१६ देखि हालसम्मको अवस्थाबारे भिडियो डकुमेन्ट्री तयार गरी प्रस्तुत गरिएको थियो । वार्षिक सम्मेलनमा नेपाली संगतिलाई निरन्तर प्रार्थना उत्साह र सहयोग गर्ने जापानिज मण्डलीका केही पास्टर तथा अगुवा ज्यूहरुलाई पनि सम्मान गरिएको छ ।
वार्षिक सम्मेलन कार्यक्रममा जापानमा रहेका नेपाली मण्डलीहरुको बीच आयोजना गरिएको हाजिरी जवाफ र वक्तित्वकलामा प्रथम, दोस्रो र तेस्रो स्थान हात पार्नेलाई प्रमाणपत्र हस्तान्तरण गरिएको छ । जसमा वक्तित्वकलामा UNC क्योउतो नेपाली संगति प्रथम, चिबा नेपाली संगति दोस्रो र UNC ओसाका नेपाली संगति तेस्रो स्थान हासिल गरेको थियो ।
सम्मेलनमा हिकारी नेपाली चर्च , उचूनेमिया मेगुमी चर्च, उत्साह नेपाली चर्च, टोकियो नेपाली चर्च , चिवा नेपाली चर्च र कोवे नेपाली मण्डली जापानले गीत ,नृत्य र कविता समेत प्रस्तुत गर्नुभएको थियो । हिकारी नेपाली चर्चका अगुवा राजु नेपालीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रम सभाध्यक्ष एल्डर सागर विष्टको धन्यवाद ज्ञापन पछि टोकियो नेपाली चर्चका प्रकाश ग्रान्जाको अन्तिम प्रार्थना पछि सकिएको थियो ।
पछिल्लो समय रोजगार तथा अध्ययनका लागि नेपालीहरुको गन्तव्यस्थान जापान भएकाले धेरै नेपाली जापानमा छन् । जापानमा नेपाली चर्चहरुको संख्या पनि बढ्दै गएको छ । सन् २०१४ मा उत्साह नेपाली चर्चका पास्टर चन्द्र कुमार खपाङ्गीबाट पहिलो संगतिको रुपमा जापानमा नेपाली संगति सुरु भएको थियो । हाल उत्साह नेपाली चर्चमा पास्टरीय सेवाकाई गरिरहनुभएका पास्टर चन्द्र कुमार खपाङ्गी नेपाली ख्रीष्टियन एकता समाज जापानको संस्थापक अध्यक्ष हुनुहुन्छ । हाल उहाँ समाजको सल्लाहकार हुनुहुन्छ भने अध्यक्ष एल्डर सागर बिष्ट हुनुहुन्छ ।